१२ असोज
काठमाडौं । प्रशान्त महासागरको माइक्रोनेसियामा एउटा हवाईजहाजलाई समुद्रमै अवतरण गराइएको छ । जहाजका पाइलट यसलाई चुक इन्टरनेसनल एयरपोर्टको धावनमार्गमा अवतरण गराउन चुकेका थिए ।
पपुवा न्यूगिनीको एयर न्युगिनीको यो जहाजबाट ३६ जना यात्रु र ११ जना चालक दलका सदस्यलाई उद्दार गरिएको छ । जहाज अवतरण हुनासाथ समुद्रमा रहेका डुंगाहरु उद्दारका लागि आएका थिए ।









