१० असोज
पर्वत । कुस्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीको आर्थिक सहयोग अभियानको क्रममा मंगलबार फेरी नगरपालिका भित्रका ३ जना आर्थिक अभावको चपेटामा परेका ब्यक्तिलाई सहयोग प्रदान गर्नु गरेका छन् ।
मेयर रामचन्द्र जोशीले आफुले नगर प्रमूखको हेसियत वाट प्राप्त गर्ने सेवा सुविधाको रकम यहाँका १३ जना नगारीकलाई प्रदान गरि सकेका छन् । उनले आर्थिक अभावमा पढ्न नसकेका,उपचारमा समस्या भोग्नु परेका,आर्थिक अभावमा छाक टार्न नसकेका ब्यत्तिहरुलाई सहयोग दिदै जाने उद्दश्यले यो अभियान चलाएका छन् ।
आर्थिक सहयोग अभियान अन्तर्गत मेयर जोशीले मंगलबार मृगौला फेलभई उपचारमा रहेका कुस्मा ५ का मीना कुमालका ५ बर्षे छोरा इश्वर कुमाललाई उपचारर्थ १० हजार रुपयाँ प्रदान गरेका हुन् । मीना कुमाललाई आर्थिक अभावले छोराको उपचार सहितको हेरचाहमा समस्या भएको थियो । यस्तै,मेयरले कुस्मा नगरपालिका ७ खरेहाका शुशिला श्रेष्ठलाई सहयोग प्रदान गरेका छन् । १५ बर्षय श्रेष्ठलाई आर्थिक अभावका कारण पठनपाठनमा समस्या भएको थियो । मेयरले शुशिलालाई १० कक्षा सम्म अध्यान गर्दा लाग्ने शैक्षिक सहयोग वापतको रकम प्रदान गर्ने बताएका छन् । भने,कुस्मा ५ स्थायी ठेगाना भएकी गंगा माझिलाई पनि १० हजार हस्तान्तरण सहित सहयोग गरेका छन् । गंगा माझिलाई आफ्नी मृत आमाको काजक्रियामा आर्थिक अभावले समस्या भएको थियो ।
सहयोग प्राप्त गरेका उनीहरु सवैले मेयर रामचन्द्र जोशीको कार्यको प्रशंसा गरेका छन् ।‘धेरै प्रतिनिधी मध्ये मेयर रामचन्द्र जोशीको मन सहयोगी रहेछ,’गंगा माझिले आशुँ झर्दै भनिन्,‘ उहाँलाई सधैं भने जस्तो होस्,खान पुगोस ,दिन पुगोस ।’ कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले अभियान शुभारम्भ गरेको छोटो समयमा यहाँका अनाथ,असाहय आर्थिक अवस्था कमजोर भएका कुस्मा नगरपालिका भित्रका वासीन्दाहरुलाई सहयोग गरेका छन् । उनको यो अभियान निरन्तर रुपमा जारी रहने पनि उनले बताए ।
कुस्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले कुस्मा ३ दुलुङ्गका २ जना दलित विद्यार्थी शैक्षिक सहयोगर्थ खाजा व्यवस्थापन सहित मासिक आर्थिक सहयोग गर्दै आएका छन् । कुस्मा २ का २ जना दलित विद्यार्थी मध्य जनप्रतिनिधी भर्ना अभियानकी रश्मी परियार र अर्को १ जना दलित विद्यार्थीलाई पढाउँन सहयोग गरेका हुन् । भने,जग्दम्बा प्राविका २६ जना विद्यार्थीलाई पोशक सहयोग गरेका छन् । यस्तै ,मेयर जोशीले कुस्मा ५ को वालमन्दिर प्राविका विद्यार्थीलाई पनि पोशाक सहयोग गरी सकेका छन् । भने,कुस्मा १ पाङ्गका १ विद्यार्थीलाई पनि उनले सहयोग गरीसकेका छन् ।









