८ असोज
काठमाडौ । बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको हत्या भएकै दिन कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टका छोरा किरणले महेन्द्रनगरकै ओपेरा होटेलमा निर्मलाको फोटोसुट गरेक बाहिर आएको छ । आफ्नोे जन्म दिनको अवसर पारेर होटल ओपेरामा निर्मलालाई पनि बोलाएको र निर्मलालाई मोडल बनाइदिने झुटो लोभ देखाएर उनको फोटो सुट गरेका थिए ।
त्यसैले पनि कतिपय स्थानीयले घटनामा उनको संलग्नता समेत रहेको आशंका गरेका छन् । स्थानियको आशंका बढेपछि त्यसतर्फ पनि अनुसन्धान भइरहेको छ । होटेलको सिसिटिभीको फुटेज यस अघि नै डिलिट भइसकेको छ । १५ दिनअघिको फुटेज अटोमेटिक रूपमा डिलिट हुने गरेको थियो । त्यो सिसिटिभीको फुटेजमा निर्मलालाई होटल लगेको देख्नका लागि उक्त हार्डडिक्स रिकभर गर्न काठमाडौ पठाइएको छ । फुटेज रिकभर गर्नका लागि होटेलको हार्डडिस्क प्रहरी मुख्यालय पठाइएको कञ्चनपुरका एसपी कुवेर कडायतको भनाइ छ ।
त्यस्तै महेन्द्रनगरकै सडकमा रहेको अर्को सिसिटिभीको हार्डडिस्क पनि ‘रिकभर’ गर्न लगाइएको छ । होटल ओपेरादेखि निर्मलाको हत्या भएको स्थानसम्म सडकमा राखिएको सिसिटीभी फुटेजलाई पनि प्रहरीले अनुसन्धानको आधार बनाएको छ । स्थानीयसँगको केरकार र उनका साथीहरुको अनुशन्धानले निर्मलासँग बिष्टका छोराको कनेक्सन देखिएको छ । यसैले क्रुटी नहोस् भन्नका लागि गहिरोगरी अनुशन्धान भइरहेको छ । यो खबर एभिन्यूज टेलिभिजनले समेत प्रकाशन गरेको छ ।ईन्टरनेट सन्सारवाट









