७ असोज

भारतमा आतंकवादी गतिविधिमा गर्दै आएका तथा भारतीय प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका खुर्सिद अन्सारीलाई नेपाल सरकारले सहिद घोषणा गरेको छ ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री गोकुल बास्कोटाले शुक्रबार राती बसेको मन्त्रीपरिषदको बैठकले खुर्सिद अन्सारीलाई सहिद घोषणा गरिएको जानकारी दिए ।

खुर्सिद अन्सारीको बिहीबार सुनसरीको एक स्कुलमा रहेका बेला भारतबाट आएको हतियारधारी समुहले गोली हानि हत्या गरिएको थिए ।

अन्सारी भारतमा आतंकवादी गतिविधि गर्दै आएपछि भारतको प्रहरीले उनलाई ‘मोस्ट वान्टेड’ सूचीमा राखेको थियो ।

त्यसपछि नेपाल आएर शिक्षण पेशा गर्दै आएका उनले तत्कालीन नेकपा एमालेको सदस्यता लिएका थिए । जसका कारण तत्कालीन एमालेले उनलाई संरक्षण दिइरहेको थियो ।

बिहीबार दिउँसो मृत्यु भएका अन्सारीलाई नेपाल सरकारले सहिद घोषणा गर्दै उनको परिवारलाई १० लाख रुपैयाँ क्षतिपुुर्तिको समेत घोषणा गरेको छ । अन्सारी सुनसरीमा स्कुल सञ्चालन गरेर आतंकवादीलाई प्रश्रय दिँदै आएका थिए ।

कञ्चनपुरकी बालिका निर्मला पन्त हत्याकाण्डका विषयमा गम्भीर नभएको केपी ओली नेतृत्वको सरकारले खुर्सिद अन्सारीको हत्या भएको भोलीपल्टै छानविनका लागि एसएसपीको नेतृत्वमा समिति समेत गठन गरेको नेपालपानाले जनाएको छ ।