६ असोज
पर्वत । राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले देशलाई अब आर्थिक विकास र समृद्धिको यात्रामा अघि बढाउनुपर्ने समय आएको वताउनुभएको छ । पर्वतको कुस्ममा हिजो नेपाल जेसीजको क्षेत्र ‘ख’ सम्ममेलनको उद्धघाटन गर्दै उहाँले लामो राजनितिक अस्थिरता पछि नेपाल नयाँ युगमा प्रवेश गरेकोले सवैले देश वनाउँन हातेमालो गर्नुपर्ने बताउनुभयो । सत्ता पक्ष र प्रतिपक्षको लडाईले जनताको सपना पूरा गर्न कठिन हुने उहाँको भनाई छ । उहाँले युवा जमात नै देश परिवर्तनको प्रमूख तत्व भएको हुदाँ विदेश पलायनका सपना नदेख्न अपिल गर्नुभयो । अध्यक्ष तिमिल्सनाले समाजवाद उन्मुख राष्ट्र निमार्ण गर्ने संकल्प सवै क्षेत्रका नागरीहरमा हुनुपर्ने वताउनुभयो ।
कार्यक्रममा वोल्दै नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर वस्यालले धेरै राजनितीक परिवर्तनको अनुभूव भईसकेकाले अवको दिनमा नेपाली जनता र युवाले आर्थिक क्रान्ति र समिृद्धको चाहना राखेको वताउनुभयो ।
कूश्मा नगरका प्रमूख रामचन्द्र जोशीले जेसिज यूवाहरुको संस्था भएकाले यस्ले मातृभूमी प्रतिको मायालाई जगाउनू पर्ने धारणा राख्नू भयो । स्वदेशमा नै केहि गरी मूलूक निर्माणका लागी योगदान गर्न आहन गर्नु भयो ।
सो सम्ममेलनमा गण्डकी प्रदेशका सदस्य ललितकला गुरुङ,जिल्ला समन्वय समितिका प्रमूख मनोहर वि पौडेल, सम्मलेन निर्देशक जेसी वसन्त कुमार कर्माचार्य,नेपाल जेसिज पर्वतका अध्यक्ष राजन कुमार जोशी लगायतले शूभकामना दिनूभएको थियो ।
कार्यक्रमको संचालन जेसी विनोद आचार्य,जेसी मञ्जु शिलाकार श्रेष्ठले गर्नुभएको थियो । क्षेत्र ख सम्मेलन दुई दिन सम्म चल्ने छ । सम्मेलनमा सहभागी हुन प्रदेश ४ सहित अन्य क्षेत्रका गरि करिब २ हजार जनाको उपस्थित रहेको छ ।
कार्यक्रममा पर्वत जेसिजका संस्थापक अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठ भरतलाई र सन् २००३ को क्षेत्र ख सम्मेलनका आयोजक पर्वत जेसिजका पुर्व अध्यक्ष विषम कूमार श्रेष्ठलाई सम्मान गरिएको थियो ।
नेपाल जेसीजका कार्यकारी उपाध्यक्ष रश्मी सिल्पकारको अध्यक्षतामा उद्धघाटन सत्र सम्पन्न भएको थियो ।









