४ असोज
पर्वत,नेपाल विद्यार्थी संघ गुप्तेश्रवर क्याम्पस ईकाई,तरुण दल र नेपाल दलित संघ पर्वतले सविधान दिवसको अवसरमा दिप प्रज्वोलन गरि मनाएका छन् । नेपाली काग्रेस पर्वतको पार्टी कार्यालय को प्राड्गढमा भएको उक्त कार्यक्रममा कूश्मा नगरका नगर प्रमूख रामचन्द्र जोशीले नेपालको संविधान उत्कृष्ट भएता पनि यस्को पूर्ण कार्यान्वयनका लागी धेैरै कठिनाई रहेको धारणा राख्नू भयो । संविधानमा भएका हक र अधिकार जनता सम्म पू-याउनका लागी सवै तहका सरकार सकृय हूनूपर्ने वताउनू भयो । नेपाली कांग्रेसका पूर्व सभापती,पूर्व प्रधानमन्त्री स्वर्गिय शूशिल कोईरालाको अगूवाईमा जारी गरेको संविधान सवै नेपालीहरको साझा दस्तावेज भएकाले यस्लाइृ सफल वनाउनू आवश्यक छ । यस्ता कार्यक्रम गरि उत्सव मनाउने नेपाल विद्यार्थी संघ गूप्तेश्रवर ईकाई,तरुण दल,दलित संघलार्इ धन्यवाद दिनू भयो ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सदस्य कूल प्रसाद उपाध्याय,सरस्वती शर्मा जिज्ञासू,कूश्मा नपा वडा नं ४ का वडा अध्यक्ष मीना कर्मचार्य,वडा नं ५ का वडा अध्यक्ष चित्रकला शर्मा भारती,ट्रेड यूनियन कांग्रेस पर्वतका अध्यक्ष सूरेन्द्र के सी,लोकतान्त्रिक गैसस महासंघका जिल्ला अध्यक्ष गणेश वहादूर क्षेत्री,मानव अधिकार संगठनका जिल्ला अध्यक्ष हरीनारायण रेग्मी,दलित संघका जिल्ला अध्यक्ष यम परियार (शिव),नेवि संघका जिल्ला सचिव वरदान पौडेल,नेवि संघ गुप्तेश्रवर ईकाइका अध्यक्ष शिशिर शर्मा,नेपाल तरुण दल फलेवास नपाका अध्यक्ष दिनेश लामिछाने लयातको उपस्थिति रहेको थियो ।