असोज ३
पर्वत । आज असोज ३ अर्थात् संविधान दिवस,नेपालको संविधान ०७२ असोज ३ गते आजकै दिन जारी भएको थियो। संघिय सरकारको निर्देशन अनूरुप विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाईयनो ।

पर्वतमा बुधबार कुश्मा नगरपालिकाको आयोजनामा पञ्चेबाजा सहित नगरपरिक्रमा गरेर जिल्ला अस्पतालमा रहेका विरामीहरुलाइ फलफूल वितरण गरेर यो दिवस मनाइएको छ । जिल्ला अस्पतालमा रहेका १३ जना विरामीलाई फलफूल वितरण गरि यो दिवश मनाइएको हो ।

जिल्ला अस्पतालमा कोणसभा गरि कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा कुश्मा नगरका नगर प्रमूख रामचन्द्र जोशीले नेपाली जनताको वलिदान वाट प्राप्त भएको संविधान अनुरुप संघिय तथा प्रदेश र स्थानिय तहका चुनाव सम्पन्न भई तिनै तहका सरकारहरु स्थापना भई सविधानको कार्यान्वयन भएको छ । तर आज नेपालको प्रदेश नम्वर २ मा आजका दिनलाई कालो दिनको रुपमा मनाउने सूनिएको हूदा यस्ले कतै सविधान कार्यान्वयनमा तुषरापात ल्याउने त हैन, भन्दै अव नेपाल सवृद्धिको यूगमा प्रवेश गरेकाले सवै दलियस्वार्थ भन्दा माथी उठि साझा विकासमा लाग्न आग्रह गर्नु भयो ।

त्यसै गरि नेकपाका केन्द्रिय सदस्य गूप्त वहादूर हमालले सरकारको वचाउ गर्दै, सरकारलाई आलोचना गरि घेरावन्दी गरेको हूदा काम गर्न नपाएको,सरकारले राम्रो काम गर्न थालेकाले यति छिटै सरकारको आलोचना र विरोध गर्ने समय आई नसकेको धारणा राख्नू भयो । कांग्रेसका जिल्ला सदस्य कूल प्रसाद उपाध्यायाले सविधान जारी भएर वनेको दुईतिहाईको सरकारले केहि काम गर्न नसकेको,देशमा वलात्कार,हत्याहिंसा,मंहड्गी वढेकाले सरकार सवै तहवाट असफल भएको धारणा राख्नू भयो स्मट सीटीको नारादिएर चूनाव लडेका नेताहरु अहिले सडकमा नै धान रोप्ने गरि सडक विग्रदा पनि त्यस तर्फ ध्यान नगएकाले नेकपाको सरकार फेल भईसकेको धारणा राख्नू भयो ।

कार्यक्रमको अध्यक्षता जिल्ला समन्वय समितिका संयोजक मनोहर वि पौडेलले गर्नु भएको थियो उहांलेदेशमा सवैखाले चूनाव सम्पन्न भई सविधान कार्यान्वयन भएकाले सवैतहका सरकारकमा सवै पार्टीको प्रतिनिधित्व भएकाले सवै सत्ता पक्ष र सवै प्रतिपक्ष भएको हूदा एक अर्कालाई दोष दिन भन्दा मिलेर विकास गर्न तर्फ लाग्न आग्रह गर्नु भयो । उक्त कोण सभामामा प्रमूख जल्ला अधिकारी गूरुदत्त ढकालले पनि शूभकामना दिनूभएको थियो । कार्यक्रमको संचालन कूश्मा नगरका प्रशासकिय अधिकृत शूभाष लामिछानेले गर्नुभएको थियो ।

सविधान दिवश जिल्ला समाहरोह समितिको आयोजनामा मा भएको कार्यक्रममा कुश्मा नगरपालिका र उद्योग वाणिज्य संघले सहयोग गरेका थिए ।
जिल्ला प्रशासन, नगरपालिका, कर्मचारी, सुरक्षाकर्मी, राजनीतिक दलहरुको बाक्लो सहभागीता रहेको थियो । नागरिक समाज,पत्रकार निर्वाचित जनप्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।