२८ भदौ
काठमाडौं । काठमाडौंमा मोनो रेल बनाउन १ खर्ब १६ अर्ब रूपैयाँ लाग्ने भएको छ।

मोनोरेलको सम्भाव्यता अध्ययन गरेको चिनियाँ कम्पनी चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेशन (सीआरसीसी) प्रतिवेदन अनुसार मोनोरेल बनाउन उक्त रकम लाग्ने भएको हो ।

तीन महिनाअघि सम्भाव्यता अध्ययन थालेको सिआरसिसीले काठमाडौं र ललितपुर महानगरपालिकालाई बिहीबार प्रतिवेदन बुझाएको हो।

सीआरसीसीलाई ७ महिनाभित्र सम्भाब्यता अध्ययन गरिसक्ने गरी जिम्मा दिइएको हो । उसले ३ महिनामै सम्भाव्यता सकेर प्रतिवेदन बुझाएको हो ।

बिहीबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा काठमाडौं महानगरका प्रमुख विद्यासुन्दर शाक्य र ललितपुर महानगरका प्रमुख चिरिबाबु महर्जन समक्ष सीआरसीसीले प्रतिवेदन बुझाएको हो । प्रतिवदेनअनुसार काठमाडौं र ललितपुरमा पर्ने २७ किलोमिटर लामो चक्रपथमा चल्ने मोनो रेल बनाउन ३ वर्ष लाग्ने उल्लेख छ ।
चिनियाँ कम्पनीले सम्भाब्यता अध्ययन गर्ने सम्बन्धमा गत जेठ ११ गते सीआरसीसी र काठमाडौं महानगरपालिकाकाबीच द्विपक्षीय समझदारी भएको थियो।