सचिन्द्र श्रेष्ठ,भदाै, २६ बागलुङ, सहकारी संस्थाहरु एवं अभियन्ताहरुले पत्रकार एवं समाजसेबि बिजय राना बचाउ अभियानमा साथ र सहयोग दिएका छन । साेमबार पनि ईमेज बचत तथा ऋण सहकारी संस्थाले रु ५ हजार नगद साझा नागरीक संजाललाई एक समाराेह बीच हस्तान्तरण गरेको छ।
ईमेजकाे समाजिक र स्वास्थ्य सेवामा सहयाेग र याेगदानकाे उच्च सम्मान गर्न र ईमेज माथि उठाउन मद्दत पुग्ने नागरिक संजालका अभियन्ताहरुले बिस्वास ब्यक्त गरे। यसै गरि नवकिरण बचत तथा ऋण सहकारी संस्था, अास्था बचत तथा ऋण सहकारी संस्था, अामा मिलन बचत तथा ऋण सहकारी संस्था, बाग्लुङ बचत तथा ऋण सहकारी संस्था, स्वाभिमान बचत तथा ऋण सहकारी संस्था, बाग्लुङ बचत तथा ऋण सहकारी संस्था, महिला हित बचत तथा ऋण सहकारी संस्था, कार्यक्षेत्रमा महिला परिषद बचत तथा ऋण सहकारी संस्था, शंखधर बहुमुखी सहकारी संस्था, एकता बचत तथा ऋण सहकारी संस्था लगायतका सहकारी संस्थाहरुले अार्थिक सहयाेग र याेगदान स्वत स्फूर्त रुपमां बिजय को उपचारका लागि गरेका थिए।
यसरी दुई दर्जन भन्दा बढ़ी सहकारी संस्थाले करीब ७० हजार जति सहयाेग गरेकाे नागरीक संजालकाे रेकर्डमा उल्लेखित भएकाे नागरीक संजालका सदस्य एवं अधिबक्ता काजिगाउले श्रेष्ठले बताउनु भयाे ।
बागलुङमा रहेका सहकारी संस्थाहरुले सामाजिक,स्वास्थ्य क्षेत्रमा पनि सहयाेग गरि याेगदान गरेकाेमा उच्च कदर गरिनु पर्ने नागरीक संजालले जनाएकाे छ। यस अभियानमा हाल सम्म रु ३ लाख ६५ हजार संकलन भएकाे नागरिक संजालका अभियन्ता समेत रहेका सीताराम थापाले बताउनु भयाे।