२५ भदौ
पर्वत । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा पूर्व साँसद अर्जुनप्रसाद जोशीले यो मुलुकको अधिनायकवाद र निरकुंशताको समाप्त पार्ने जिम्मा फेरी कांग्रेसको काधमा आएको बताउनु भएको छ ।
नेपाली काँग्रेसका सर्वोच्च नेता विश्वश्वरप्रसाद कोइरालाको १ सय ३ औँ जन्मजयन्तीको अवसरमा पार्टी कार्यालय कुश्मामा आयोजित कार्यक्रममा जोशीले यस्तो बताउनु भएको हो । उहाँले अहिले कम्युनिष्ट सरकारले जनतामा अधिनायकबाद र निरकुंशता लागू गर्न खोजेको जस्का लागी दुई तिहाई वहूमतका लागी सवैलाई जोडेर सरकार वनाएको वताउदै यस्तो निरकुंशता र अधिनायकबादको समाप्त पार्न फेरी कांग्रेस एकजूट भएर अगाडी वढ्ने वताउनू भयो ।
पूर्व साँसद रहेका नेता जोशीले लोकतन्त्रको आवरणमा कम्यूनिष्टहरुले जनता संग मत मागेर अहिले सक्कली अनुहार देखाएको स्पष्ट पार्नुभयो । चुनावका बेला लोकतन्त्रको चर्को नारा दिएर सवैभन्दा वढी प्रजातन्त्रवादी हूने र जनताबाट मत माग्ने कम्यूनिष्टहरु अहिले जनतालाई सास्ती दिन थालेकोमा उहाँले आपत्ती जनाउनुभयो ।
नेपाली काँग्रेसले १०४ वर्षे राणा फालेको, राजाको अधिनायकबादलाई पनि समाप्त पारेको भन्दै नेता जोशीले केपी ओली नेतृत्व पनि अहिले राणा र राजा जस्तै स्वरुपमा शासन चलाउन खोजेकाले त्यो फाल्ने अवसर पनि कांग्रेसलाई नै आएकाले त्यस तर्फ साथ दिन सवै नेपाली जनतालाई आहन गर्नु भयो ।
प्रमुख अतिथी समेत रहेका जोशीले कम्युनिष्टको हातमा लोकतन्त्र सुरक्षित हुन नसक्ने बताउनु भयो । विपीको सिद्धान्त अनुसार नेपाली काँग्रेस अघि बढ्नुको विकल्प नरहेको जोशीले जिकिर गर्नुभयो । अहिले काँग्रेसको केन्द्रिय र जिल्ला नेतृत्वलाई एक गराउन आफु जुनसुकै कुर्वानी गर्न तयार रहेको जोशीले प्रतिवद्धता व्यक्त पनि गर्नुभयो ।
कार्यक्रममा प्रतिनिधि सभा सदस्य तथा नेपाली काँग्रेस पर्वतका निर्वतमान पार्टी सभापति लालकाजी गुरुङले बिपीले जहिले पनि गरिब र विपन्न समुदायका वर्गलाई केन्द्रमा राख्ने गरेको स्मरण गर्दै विपीको विचार पछिल्लो पुस्ताले भुलेको बताउनुभयो ।
आज विपीको बिचार झनै सान्दर्भिक बनेको गुरुङले चर्चा गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पूर्व सभापति नवराज गुरुङले विपीलाई जीवनको उत्तरार्धमा भेट्दा पनि पार्टिमा एकताको चिन्ता गरेको बताउनुभयो । विपीको बिचार, विपीले देखेको सपना र अवको काँग्रेसको यात्राका बारेमा गुरुङले कार्यक्रममा उपस्थितहरुलाई जानकारी पस्किनुभएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य बसन्तवहादुर सिके, महा समिति सदस्य तथा पैयू गाउंपालिकाका अध्यष खगेन्द्रप्रसाद तिवारी, महासमिति सदस्य गंगाधर तिवारी, महासमिति सदस्य राधाकुमारी कुवँर क्षेत्री, महाधिवेशन प्रतिनिधि तथा कूश्मा नगरका उप प्रमूख सिता काफ्ले लामिछाने, नेपाली काँग्रेस पर्वतका जिल्ला सदस्य सरस्वती शर्मा, कूश्मा नगरका निर्वाचित वडा सदस्यहरुको तर्फवाट वडा नं. ५ का वडा अध्यक्ष चित्रकला शर्मा भारती,नेपाल महिला संघ पर्वतका सभापति जोगमाया प्रसाई, नेपाल दलित संघ पर्वतका सभापति यामवहादुर परियार शिव लगायतले विपीको सिद्धान्तलाई अबलम्वन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
नेपाली काँग्रेस पर्वतका उपसभापति दुर्गावहादुर खत्रीको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य जिल्ला सदस्य कुलप्रसाद उपाध्याय, धन्यवाद मन्तव्य जिल्ला सदस्य डाक्टर चुडामणि शर्मा र कार्यक्रमको संचालन पार्टी सचिव युक्तप्रसाद श्रेष्ठले गर्नुभएको थियो ।
त्यसै गरि नेपाल विद्यार्थी संघ गूप्तेश्वर क्याम्पस र्इकाई समिति पर्वतले विपिको १०३ औं जनम जयन्तिको उपलक्ष्यमा लोकतन्त्रचोकमा मैनवत्ति प्रज्वलन गरेर मनाएको छ ।









