२३ भदौ
पर्वत । नेपाली कांग्रेस कुश्मा नगर र जलजला गाउं कार्यसमितिले संयूक्त रुपमा कुश्मामा दर खाने कार्यक्रम तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम शनिवार सम्पन्न गरेको छ । कूश्मा वजारको लोकतन्त्रचोकमा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा संविधान सभाका सदस्य अर्जून प्रसाद जोशीले आफू चूनाव हारे पनि जनताको सेवाका लागी सधै तयार रहेको वताउनू भयो । मलाई जनताले तीन पटक जिताएका हुन तर यस पटक विभिन्न झूटा आश्वासन दिएर विपक्षीले भोट लिन सफल भएकाले आफूले चूनाव हारेको वताउनू भयो । तर विपक्षी जस्को दुई तिहाईको सरकार छ आफूले वोलेका वाचा नपू-याएकाले जनतालाई ढाटेको,फटाईको राजनिति गरेको धारणा राख्नू भयो । उहांले उपस्थित सवैलाई प्रश्न गर्दै आज वृद्धा भत्ता ५ हजार पु-याउने घोषणा गरेको सरकारको दिएकोछ? घरघरमा ग्यास पाईप फिट गरिदिएको छ ? महंगी नियन्त्रण गरेको छ ? भ्रष्टचार रोकेको छ ? सहूलियत कर सेवा लागू गरेकोछ ? रेल ल्याउने आधार तयार गरेको छ ? पानी जहाज कता आईपूगेको छ ? यस्ता दर्जनौ प्रश्न गर्दै यस्ता भ्रमको पछि नलाग्न सवैलाई आग्रह गर्नू भयो ।
नेपाली कांग्रेस मात्र यस्तो पार्टि हो जस्ले वोलेको कूरा पूरा गर्छ त्यसका लागी सरकार चाहिने रहेछ जनमत विपक्षीको हातमा छ त्यस कारण अव आउने चूनावमा सवैले नेपाली कांग्रेसलाई रोज्न आग्रह गर्दै उपस्थित सवैलाई हरितालिका तिजको शूभकामना व्यक्त गर्नु भयो ।
त्यस्तै संघिय सांसदका सदस्य लालकाजी गूरुङले अहिलेको सरकार दुईतिहाईको भए पनि महंगी र भ्रष्टचार वढेको वताउनू भयो । उहांले महिलाहरु माथी दैनिक जसो वलत्कार हूने गरेकाले सरकारले शान्ति सूरक्षा दिन नसकेकोमा रोष प्रकट गर्नु भयो । विभिन्न प्रलोभन देखाएर प्राप्त जनमत गूम्दै गएको धारणा राख्नू भयो ।
त्यसै गरि नेपाली कांग्रेस कूश्मा नगर समितिका सभापती तथा नगर प्रमूख रामचन्द्र जोशीले हिन्दूनारीहरुको महान चाड हरितालिका तिजको शूभकामना दिर्दै यस्ता पर्वहरुलाई तडकभडक नगरी सामान्य रुपमा मनाउन सवैलाई आग्रह गर्नु भयो । अहिले मूलूक संघियताको अभ्यासमा रहेकाले सवै मिलेर विकास गर्नूपर्ने धारणा राख्नू भयो । मूलूक परिवर्तनका लागी सवैको योगदान हूनूपर्नेमा जोड दिनू भयो । कूश्मा नगरले नगरको विकासका लागि सवै संग हातेमालो गरेर अगाडी वढ्ने धारणा राख्नू भयो । कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला सचिव यूक्त प्रसाद श्रेष्ठ,कूश्मा नगरका उप प्रमूख सीता काप्ले लामिछाने,तरुणदल पर्वतका सभापती तोरण मल्ल ठकूरी (राज) ले शूभकामना दिनू भएको थियो ।
कार्यक्रममा ९० वर्ष उमेर पूगेका ८३ जना जेष्ठनागरिकलाई दोषल्ला,वलाङ्केट सहित सम्मान गरिएको थियो । कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरु चित्रसागर श्रेष्ठ,कृष्ण सूवेदी,सन्तोष सूवेदी,सूजन वराईली,वसन्ती थापा,सूदिप क्षेत्री र आरसी पौडेलले प्रस्तूती दिएका थिए ।
नेपाली कांग्रेस कुश्मा नगर सभापती रामचन्द्र जोशीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत नगर कोषाध्यक्ष शिवराज शर्मा,धन्यवाद मन्तव्य नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष तथा जलजला गाउंपालिकाका अध्यक्ष रामकृष्ण मल्लले र कार्यक्रम संचालन कूश्मा नगर सचीव सूरेन्द्र के सीले गर्नु भएको थियो ।
कार्यक्रममा झण्र्ड १ हजार जनाको सहभागीता रहेको थियो ।









