२२ भदौ
सेती अञ्चल अस्पतालको लापरबाहीले अस्पतालमा जन्मिएका शिशु साटिएको छ । अस्पतालमा सुत्केरी गराउन आएका महिलाको नवजात शिशु स्वाथ्यकर्मीको लापरवाहीले साटिएको छ । सेती अञ्चल अस्पतालमा सोमबार डडेल्धुराको आलितालका भावना बोहरा र कैलालीको गोदावरी नगरपालिकाकी काली खातीका नवजात शिशु स्वास्थ्यकर्मीको लापरवाहीका कारण साटिएका हुन ।
डडेल्धुराको आलितालकी भावना बोहरा आफन्तसँगै आफ्नो १७ दिनको विरामी नवजात शिशु (छोरा) ल्याएर भदौ १७ गते सेती अञ्चल अस्पताल भर्ना भएकोउनका छोरालाई निमोनिया भएका कारण चिकित्सकहरुले सेती अञ्चल अस्पतालको एनआईसीयुमा भर्ना गराएका थिए ।









