१७ भदौं
सचिन्द्र श्रेष्ठ,यूएई नेपाली समुदायले पहिलो पटक युएईमा रोजगारीको सिलसिलामा वर्ष दिनभित्र दिवंगत भएका प्रबासीहरुको सम्झनामा मनाउन यस धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको साथै नेपाली समाजमा गाईजात्रा व्यङ्ग्य गर्ने दिनको रूपमा समेत परिचित भएकोले नेपाली समुदायले भब्य रुपले युएईमा आज सम्पन्न गर्यो।
कार्यक्रममा बिकृति,विसंगति र नेपालको समसामयिक राजनितिक, सामाजिक बिषयमा तिखो ब्यङ्ग प्रहार,यूएईका समाजसेवाका नाममा हुने ठगी,भ्रस्टचार आदिका बारेमा प्रहसन प्रस्तुत गरिएको थियो।१ बर्ष भित्र यूएईमा दिबंगत भएका नेपालीहरुलाई समझदै सुरु गरिएको उक्त प्रहसन कार्यक्रम यूएईमा नै पहिलो पटक भएकोले कार्यक्रम अति नै प्रभावकारी र यसले अझै बढी थप हौसला साथै आगामी दिनमा नया नया कार्यकम गर्न हौसला बढ़ाएको नेपाली समुदायका अध्यक्ष बिदुर राउतले बताए ।
विशेष गरी नेवार समुदायले सापारु भनी यो जात्रा मनाउने चलन छ। त्यस बेला काठमाडौँ उपत्यकामा नेवार समुदायको घना वसोवास भएकाले यो जात्रा यो समुदायबाटै चल्न थालेको भनाइ छ । यहाँ यो जात्राका दिन लाखे नाच समेत प्रस्तुत हुन्छ ।
हिजोआज यो जात्रा नेवार वस्ती भएका वा नभएका देशका विभिन्न भागमा पनि नाटक प्रहसन गरेर मनाउन थालिएको छ भने विदेशमा पनि नेपालीले यो जात्रा मनाउन थालेका छन् ।









