१६ भदौ
काठमाडौँ । काठमाडौंको बसुन्धरास्थित स्पीड गेष्टहाउसमा एक महिला मृत अवस्थामा फेला परेकी छन । मृत अवस्थामा भेटिएपछि प्रहरी घटनास्थलमा पुगेको छ ।
सँगै रहेका उनका पति धरानका अनिल परियार भने फरार रहेका छन् । उनीहरु गएको भदौ ७ गतेदेखि सँगै बस्दै आएको गेष्टहाउसले बताएको छ । घटनाबारे थाहा पाउनासाथ प्रहरी घटनास्थल पुगेको छ ।
अहिले प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ । पछिल्लो समय बलात्कार, बलात्कारपछि हत्या लगायतका विभत्स घटना देशव्यापी रुपमा नै बढिरहेका छन् ।
यस्ता घटना एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका बेला मुलुककै राजधानी बसुन्धरामा यो घटना सतहमा आएको हो । यद्यपि प्रहरीले यसको सत्यतथ्य खुल्न अनुसन्धान कुर्नुपर्ने बताएको छ ।









