laD:6]s cWoIftf x:tfGt/0f sf7df8f}Fdf z'qmaf/ ePsf] ax'If]qLo k|fljlws tyf cfly{s ;xof]usf nflu aªufnsf] vf8Lsf] k|of; -laD:6]s_ sf] rf}yf] lzv/ ;Dd]ngsf] ;dfkg ;df/f]xdf laD:6]ssf cWoIf Pj+ k|wfgdGqL s]kL zdf{ cf]nL >Lnªsfsf /fi6«klt d}qLkfnf l;l/;]gfnfO{ laD:6]ssf] cWoIftf x:tfGt/0f ub}{ . tl:a/ M k|bLk/fh jGt, /f;;

१५ भदौं
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सदस्य राष्ट्रको साझा प्रयास र सहकार्यबाट बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहायोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक) क्षेत्रमा समृद्धि सम्भव हुने बताएका छन् ।

यहाँ जारी बिमस्टेकको चौथो शिखर सम्मेलन समापन गर्दै उनले नेपालले सङ्गठनको अध्यक्षता गरेका बेला सदस्य राष्ट्रका राष्ट्राध्यक्ष-सरकार प्रमुखबाट निरन्तर प्राप्त सहयोगप्रति आभार प्रकट गरे । प्रधानमन्त्रीले सम्मेलनबाट पारित १८ बुँदे घोषणापत्रको प्रभावकारी कार्यान्वयनमा सबैबाट सक्रिय सहयोग, साथ र समर्थन प्राप्त हुने विश्वास व्यक्त गरे।

सम्मेलन सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण निर्वाह गरेका बिमस्टेकका महासचिव, सदस्य देशका सम्बद्ध निकायका पदाधिकारी, नेपालका सुरक्षाकर्मी, सञ्चारकर्मी, विद्वत्वर्गलगायत सबैमा उनले कृतज्ञता व्यक्त गरे।

नेपालले सार्क र बिमस्टेकजस्ता क्षेत्रीय सङ्गठनका शिखर सम्मेलन सफलतापूर्वक आयोजना गरेर अन्तर्राष्ट्रिय समुदायमा कूटनीतिक क्षमता प्रदर्शन गरेको छ । सम्मेलनबाट पारित घोषणापत्र केही बेरपछि सार्वजनिक हुनेछ ।