११ साउन
पर्वत । पर्वत जिल्लामा आज भु तथा जलधार व्यवस्थापन कार्यालयको स्थापना गरिएको छ । ५ वटा जिल्लालाई कार्यक्षेत्र वनाई पर्वतको साविक भू संरक्षण कार्यालय वाट सेवा प्रदान गर्ने भएको छ । उक्त कार्यालयको उद्धघाटन गर्दै गण्डकी प्रदेशका उद्योग,पर्यटन वन वातावरण मन्त्री विकास लम्सालले संघिय सरकार प्रति तिव्र असन्तुष्टि जनाए । उनले संघिय सरकार सिंहदवारमा नै अल्मलिएको वताए । संघिय सरकारले वल्ल कागजमा कर्मचारी पठाएको तर भौतिक रुपमा कहिले पठाउने हो जानकारी नपाएको गूनासो गरे ।

नेपालमा ७६१ सरकार भएकाले कस्को के भूमिका र दयित्व हो त्यो संविधानमा स्पष्ट भएकाले त्यस अन्तरगत वन्ने वित्तिय आयोग वनाएर राजस्व र खर्चको स्पष्ट निर्देशन गर्नुपर्ने धारणा राखे । संघिय सरकार,प्रदेश र स्थानिय सरकार संग आवश्यक समन्वय नभएका कारण संघियता कार्यान्वयनमा समस्या आउने हो कि भन्ने आशंका रहेको धारणा राखे ।
गण्डकी प्रदेश पर्यटकिय हिसावले प्रचूर संभावना भएको प्रदेश भएकाले सन् २०२२ सम्ममा २० लाख पर्यटक भित्राउने घोषणा गरे । पर्वत जिल्लामा भू तथा जलाधार व्यवस्थापन कार्यालय स्थापना भएता पनि यस्ले कालिगण्डकी नदीलाई आधार क्षेत्र वनाएर यस भित्र पर्ने स्याङजा,वाग्लूङ,म्याग्दी,मूस्ताङ र पर्वत गरि ५ जिल्ला हेर्ने वताए ।

कार्यक्रममा गण्डकी प्रदेशका उद्योग,पर्यटन वन वातावरण मन्त्रालयका सचिव डा वूद्धिसागर पौडेलले पहिलेको भू संरक्षण कार्यालयले गर्ने कार्य भन्दा भिन्न खासगरी ठूलाजलधार संरक्षणका कार्य गर्नका लागी यस कार्यालयको स्थापना भएको स साना भू जलधारका कार्यहरु स्थानिय तहले हेर्नु पर्नेमा जोड दिए ।
त्यसै गरि कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर वि पौडेल,म्याग्दी जिल्ला समन्वय समितिका संयोजक देवेन्द्र के सी,मोदी गाउंपालिकाका अध्यक्ष प्रेम प्रसाद पौडेल,प्रमूख जिल्ला अधिकारी गूरुदत्त ढकाल,पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा लगायतले शूभकामना दिएका थिए । कार्यक्रमको अध्यक्षता भू तथा जलधार व्यवस्थापन कार्यालय पर्वतका निमित्त प्रमूख रोवर्ट महराले गर्नु भएको थियो भने कार्यक्रमको संचालन लेखापाल जनकराज पौडेलले गरेका थिए ।