११ भदौ
पर्वत । गत साउन महिनामा सुत्केरी व्यथाले च्यापेपछि तीन जिल्ला घुमाएर बेनी अस्पतालमा जोखिम मोलेर अप्रेशन गरेपछि चर्चामा आएकी डा. हेमा छन्त्याललाई माउण्ट एभरेष्ट आवासीय माविले सम्मान गरेको । जिल्लाको रघुगंगा गाउँपालिका ६ पाखापानीको विकट ठाडाखानीकी छन्त्याललाई एक भव्य समारोहमा विद्यालयका संचालक समितिका अध्यक्ष चन्द्रकुमार केसी, सुरत केसी, राजु केसी, प्रमोद श्रेष्ठ,रमेश गिरी, लिलाबहादुर बानियाँले कदरपत्र र दोसल्लाले सम्मान गरिएको हो ।
२०५८ सालमा विद्यालयवाट एसएलसी दिएकी छन्त्यालले पर्व जिल्ला अस्पतालकी डा. छन्त्यालले अञ्चल अस्पताल बागलुङवाट रिफर गरिएकी बागलुङ ८ की सरस्वती जीसीलाई पर्वतमा अलपत्र अवस्थामा रहेकी छन्त्यालले बेनीसम्म ल्याएर सुत्केरी र बच्चाको ज्यान जोगाएपछि छन्त्यालको कुशलताको प्रशंसा चरमचुलीमा पुगेको थियो ।
सम्मान कार्यक्रममा बोल्दै डाक्टर छन्त्यालले विद्यार्थी उमेरमा पहलिो प्राथमिकता ‘शिक्षालाई दिनुपर्ने बताईन । शिक्षाले नै जीवनको बाटो देखाउँछन,‘चिकित्सा पेशमा लागेर मैले जिम्मेवारी पुरा गदैछु’ छन्त्यालले भनिन् । उनले आफ्नो अभिभावकले शिक्षामा गरेको खर्चलाई सदुपयोग गरेको बताईन । पढाईमा अब्बल छन्त्यालले चिनबाट एमबिबिएस र विर अस्पतालवाट डिप्लोमा गरेकी छन् ।









