रौतहट – रौतहटको लालबकैया नदीमा शनिबार साँझ भएको डुंगा दुर्घटनामा हराएका २१ जना यात्रुको उद्धार गरिएको छ। डुंगा दुर्घटनामा परेका अझै ५ जना वेपत्ता छन्। उनीहरूको खेजी कार्य जारी रहेको स्थानीय प्रशासनले जनाएकाे छ। उद्धार गरिएका महेन्द्र सहनीका अनुसार डुंगामा २६ यात्रु सवार थिए।
हराएका मध्य डुंगा सहचालक गौर नगरपालिका–४ का ओमप्रकाश चन्द्रबंशी, सोही ठाउँका ४० वर्षीया इन्दु देबी, ५० वर्षीया सान्ति देबी, इस्नाथ नगरपालिका अाैरैयाकी ४० वर्षीया रूना देबी र १० वर्षीया बालिका उषमा कुमारी पटेल रहेका प्रहरीले जनाएको छ। बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीले खोजिकार्य जारी राखेका छन्।
रौतहटका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले दिएको जानकारी अनुसार डुंगा दुर्घटनामा परेकाहरु २१ जनाको उद्धार गरिएको र अन्यको खोजिकार्य भइरहेको छ।









