९ भदौं
पर्वत । सूचना केन्द्र अनलाईनले पत्रकार सम्मान तथा सांस्कृतीक सांझको आयव्याय सार्वाजनिक गरेको छ । हिजो पत्रकार सम्मेलन गरि हिसाव किताव सार्वाजनिक गरेको हो । केहि आयोजक ,प्रायोजक वाट रकम प्राप्त भएको र केहि वाट प्राप्त हून वांकी रहेको जानकारी दिईएको थियो । जिल्लामा विभिन्न मेला महोत्सवको आयोजना गरेर त्यसको आयव्यय सार्वजानिक नगर्ने प्रचलन छ । कार्याक्रम हुनुभन्दा अगाडि पत्रकार सम्मेलन गरेर महोत्सव मेलाको कारोबारको जानकारी दिने तर मेला तथा महोत्सव सम्पन्न भएपछि त्यसको हिसाबकिताब लुकाउनेहरुलाई सूचनाकेन्द्र अनलाइनले गतिलो पाठ सिकाएको छ ।

इच्छाशक्ति भए र पारदर्शिता भए मेला महोत्सवको आयव्यय हप्तादिनमा गर्न सकिन्छ भन्ने उदाहरण उक्त अनलाइनले दिएको छ । यहि भाद्र २ गते मात्रै सम्पन्न भएको उक्त अनलाइनको पाँचौ बार्षिक उत्सव, पत्रकार सम्मान एवं सांस्कृतिक साँझको आयव्यय एक हप्तामै (२०७५ भाद्र ८ ) मा सार्वजानिक गरिएको छ ।

अनलाइनले उक्त साँझबाट झण्डै ७५ हजार वचत गर्न सफल भएको अनलाइनका प्रधानसम्पादक बैगुण्ठ गिरीले बताए । कुल ५ लाख १० हजार संकलन भएको रकमबाट कलाकार,प्रचारप्रसार,मायाको चिनो,सम्मान तथा अन्य कार्यक्रमा ४ लाख ३५ हजार बरारबको खर्च भएको विवरण पेश गरेका छन् । पत्रकार सम्मेलनमा वोल्दै गिरीले पर्वत वासी सवैको सहयोग र सद्भावले छोटो अवधिमा पनि कार्यक्रम गर्न सफल भएकाले सहयोगी सवैलाई धन्यवाद दिएका थिए ।

छोटो समयमानै जिल्लामा स्थापित अनलाइनले बचत भएको रकमले आफ्नो कार्यालय व्यवस्थापन गर्ने जनाएको छ ।