८ भदौं
कञ्चनपुर । एक महिना अघि हत्या गरिएकी निर्मला पन्तका वास्तविक हत्यारालाई कारवाहीको माग राख्दै शुक्रवार महेन्द्रनगरमा गरिएको प्रदर्शनका क्रममा प्रहरीले गोलि चलाउदा एक जनाको मृत्यु भएको छ भने दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् ।
पश्चिम नेपालको महेन्द्रनगरमा नागरिक प्रशासन माथी दमनमा उत्रिएको प्रहरी प्रशासनले ताकि ताकी गोलि प्रहार गर्न थालेको प्रत्यक्षदर्शीहरुले बताएका छन्
शुक्रबार महेन्द्रनगरमा प्रहरीले हानेको गोलि छातिमा लागेर भिमदत्त नगरपालिका १८ भगतपुरका अन्दाजी १४ वर्षिय शनि खुनाको ज्यान गएको हाम्राकुरा डटकमका समाचारदाता इश्वर वडुले बताएका छन् ।
शुक्रवार महेन्द्रनगरमा प्रहरीले हानेको गोलि लागेर उमेश देउवा, चेतन भट्ट ,उमेश खुना र सगुन सुवेदी गम्भीर घाइते भएका छन् । देउवाको खुट्टामा ,भट्टकोपाखुरामा , खुनाको टाउको र खुट्टामा र सुबेदीको टाउकामा गम्भीर चोट लागेको जनाइएको छ ।
शुक्रबार प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरु माथी प्रहरीले धरपकड र ताकी ताकी गोलि प्रहार गरे पछि दर्जनौं प्रदर्शनकारी घाइते भएका छन् । यति बेला महेन्द्रनगरमा प्रहरी र शसस्त्र प्रहरी ठूलो संख्यामा परिचालन गरिएको छ ।
दुई तिहाई बहुमतको कम्युनिस्ट सरकार सत्तामा आएको वर्ष दिन पुग्न नपाउदै पश्चिम नेपालको महेन्द्रनगरमा बर्बर आतंक सुरु भएको छ । शुक्रबार मार्ने उदेश्यका साथ परिचालन भएको प्रहरीले महेन्द्रनगरमा नियन्त्रणमा लिदै गोलि प्रहार र हात खुट्टा भाँच्ने गरेको प्रदर्शनका प्रत्यक्षदर्शीहरुले बताएका छन् । प्रदर्शनका प्रत्यक्षदर्शी दिलबहादुर सिंह भन्छन प्रहरीले ताकी ताकी गोलि हिर्कायो । अत्यन्तै बर्बरतापुर्वक प्रहरीले दमन गरेको छ ।
बिहीवार गृह मन्त्रालयले कञ्चनपुरमा नयाँ प्रहरी प्रमुख, सिडियो पठाएकै भोलि पल्ट प्रदर्शनकारी माथी घोर दमन गरिएको छ ।
गणतान्त्रिक र कानुनी राज्य भनिएको मुलुकमा हत्यारालाई कारवाहीको माग राख्दै गरिएको प्रदर्शनमा ताकी ताकी गोलि बर्साउने काम इतिहासमै पहिलो बन्न पुगेको छ । गृह प्रशासनको बर्बरता पुर्ण पछिल्लो घटनाले पश्चिम नेपालको महेन्द्रनगर आतंकित र त्रसित बन्न पुगेको छ । हाम्रो कुरावाट









