पर्वत । राज्यले दिएको तलव भत्ता र सवै सेवा सुबिधा जनप्रतिनीधी आफुले मात्रै उपभोग गर्दैन्न् भन्ने उदाहरणको कुस्मा नगरपालिकाका मेयर रामचन्द्र जोशीले पुष्टी गरेका छन् । हालै मेयर जोशीले प्राप्त गरेको तलवभत्ता सहितका सेवासुविधा यहाँ अध्ययनरत आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई प्रदान गरेर समाजमा राम्रो अभ्यासको शुरु गरेका छन् ।
मेयर भएपछि राज्यका सवै सेवा मैले लिनुपर्छ भन्ने कुन कानुनमा लेखेको छ र ? मेयर जोशीले भने,‘ मेरा सन्तान जनता हुन,’ मैले अब विपन्न गरिव दिनदुखी जनता सेवाको अभियान चलाउँदै छु । ब्यानर बनाए सहयोग अभियानमा जिल्लाभर नै जान्छु । पहिलो सेवा वापतको भत्ता र सेवा आर्थिक अवस्था कम्जोर भएर पढ्नपाठनमा समस्या भएका विद्यार्थीहरुलाई मेयर जोशीले सहयोग प्रदान गरिसेकाका छन् ।
उनले कुश्मा नगरपालिका वडा नं. २ खुर्कोट स्थित जगदम्बा प्राविका २७ जना विद्यार्थीलाई विद्यालय पोशाक प्रदान गरेर आफ्नो सामाजिक कार्यको शुरुवात गरिसेकेका छन् । गत आइतबार जोशीले कुश्मा नगरपालिका–४ मा रहेको नारायण उच्च मा वि मा अध्ययनरत खुर्कोटका कक्षा १२ मा अध्ययनरत जमूना दर्जिका छोरा सन्देव दर्जिलाई कपि,कलम,किताव ड्से लगायत १ वर्षको लागी फि सहयोग गरेका हुन ।
मेयर रामचन्द्र जोशीले भने,’जनताले तिरेको करवाट आफुहरुले तलबभत्ता लिने भएकाले जनताको कर समेत यसरी फिर्ता गर्ने अभियान चलाउँन लागेको बताए । उनले गत आवमा आफुले राज्य मार्फत प्राप्त गर्ने सवैसेवा सुबिधा मार्फत जनतालाई सहयोग गर्ने बताएका थिए । नगरपालिकाका प्रमुखको मासिक रु ३५ हजार तलब प्रदेश सरकारले तोकेसँंगै करका दायरामा समेत स्थानीय तहले वृद्धि गरिरहेको अवस्थामा कुश्मा नगरपालिकाले कर नबढाउने समेत जनाएको छ ।
कुस्मा नगरपालीकाका मेयर रामचन्द्र जोशीले शुभारम्भ गरेको यो नयाँ अभियान हाल चासोको रुपमा धेरैले हेरेका छन् । नगर प्रमुख रामचन्द्र जोशीले अभियानलाई पारदर्शी रुपमा सञ्चालन गर्ने योजना बनाएका छन् । आफनो सवै सेवा आर्थिक अवस्था कमजोर भएर पढन् नसकेका विद्यार्थीहरुको अध्यान्नमा सहयोग पु-याउने हेतुले जनप्रतिनिधी रहने समय सम्म सहयोग गर्दै जाने बताएका छन् । उनले विद्यार्थीलाई मात्र होईन् अन्य दिनदुखी अवस्थाका नागरिकलाई सहयोग गर्ने कूरा चूनावको वेला नै घोषणा गरेका थिए ।









