६ भदौं
पर्वत । समाजिक परिचालहरुलाई राज्यले गत असार मसान्त पछि म्याद नथपेर हटाँउन खोजेको भन्दै पूनरवहाली गर्न निरन्तर आन्दोलनमा रहेका छन् । सामाजिक परिचालकहरुको विभिन्न अवधिमा म्याद थप्दै असार मसान्त पछि थप गरेको छैन् । गण्डकी प्रदेशका सामाजिक परिचालकको आन्दोलन आज ९ औं दिनमा पूगेको छ । आन्दोलनको क्रममा प्रहरीले दमन गरेको छ । निशेधित क्षेत्र तोड्ने क्रममा ६ जना सामाजिक परिचालक घाईते भएका छन् । एलजिसीपी कार्यक्रमको अवधि सकिए पछि सामाजिक परिचालकहरुलाई निरन्तरता दिने वारे अन्योल सृजना भएको थियो ।
धेरै वर्ष सम्म आप-नो उर्जाशिल समय सामाजिक परिचाकमा विताएकाले अव राज्यले निरन्तरताका लागी स्थयी गर्नु पर्ने सामाजिक परिचालकहरुको माग रहेको छ । स्थानिय तहमा कर्मचारकिो अभावमा कार्य गर्न असजिलो भएको अवस्थामा सामाजिक परिचालकलाई समेत हटाउनू राज्यले गैरकानूनी कार्य गरेको आरोप सामाजिक परिचालकहरुले लगाएका छन् ।

यसै सन्दर्भमा नेपाल ट्रेड युनियन काँग्रेस पर्वतका अध्यक्ष सुरेन्द्र के.सी द्धार विज्ञप्ती जारी गरी सामाजीक परिचालकहरुको रोजीरोटी राज्यले खोस्न लागेको भन्दै बिरोध गरेको छ । सामाजिक परिचालकको म्याद गण्डकी प्रदेश सरकारले थप्न आलटाल गरेकोमा ट्रेड युनियन काँग्रेस पर्वतले आपती जनाउँदै प्रदेश सरकारको ध्यानआकर्षण गराएको छ ।