भाद्र १
सचिन्द्र श्रेष्ठ, बागलुङ,पत्रकार एवं नागरिक अधिकारकर्मि बिजय रानाको उपचार्थ नागरिक संजालले रु ३ लाख ५० हजार उठाउन सफल भएकाे छ। बिगत एक महिना देखि ए–प्लास्टिक एनिमियाबाट ग्रसित नेपाल पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष एवं नागरिक संजालका अभियन्ता विजय रानाको उपचारको लागि साझेदारी नागरिक संजालले आर्थिक अभियान बाट उक्त रकम संकलन गरेकाे हाे।
घरदैलाे अभियान मार्फत रु २० देखि माथि सहयाेग उठाउदै निरन्तर अार्थिक संकलन अभियानमा लागि परेकाे नागरिक अभियन्ता सीताराम थापा बताउनु हुन्छ।
अभियन्ता साथिहरुले रानाको उपचारको लागि महत्वपुर्ण याेगदान गरेकाे संजालकाे सदस्य एवं बरिष्ठ अधिबक्ता कृष्ण न्युरेले जानकारी दिनु भयो ।
अभियानलाई अझै केही दिनसम्म थप रकम जुटाएर पारदर्सि तवरले रानालाई हस्तान्तरण गरिने नागरिक संजालकाे सचिवालय सत्कर्म नेपालले जनाएकाे छ।
राना काठमाण्डौ स्थित सिभिल अस्पतालमा उपचार गरि रहेका छन् । हाल उहाकाे अवस्थामा क्रमिक सुधार अाएकाे संजालका सदस्य काजी गाउले श्रेष्ठले भन्नू भयाे।
उनकाे उपचारकाे लागि नागरिक अभियानले घरदैलाे, बिधालय, सहकारी, कार्यालय लगायतका ठाउमा अभियान संचालन गरीरहेकाे संजालका सदस्य महेश चन्द्र प्रधान ले बताउनु भयाे ।