३१ साउन
पर्वत । फलेवास नगरपालिका – ६ माझीगाउ प्राविमा अध्ययनरत ३ जना ७(१२ बर्ष विचका वालिकालाई अप्रकृतिक मैथून तथा जवरजस्ती करणी गर्ने माझीगाउं प्रा वि का प्रधानध्यापक खिल प्रसाद पौडेललाई जेल चलान गरेको छ ।
विभिन्न मितिहरुमा ललाई, फकाइ तथा डर त्रास धम्की दिई अप्राकृतिक मैथुन, जवरजस्ती करणी गरेको अभियोगमा साउन ६ गते पक्राउ परेका प्राधानाध्यापक लाई जिल्ला प्रहरी कार्यालय पर्वतवाट गरिएको अनुसन्धान पश्चात जिल्ला अदालतमा पेश गरिएको थियो ।
जिल्ला अदालत पर्वतले आज पुर्पक्षका लागी थूनामा राख्न आदेश गरेको छ । निज अभियूक्तलाई आजै जिल्ला कारागार पर्वत चलान गरिएको कूरा जिल्ला प्रहरी कार्यालय पर्वतले एक विज्ञप्ती मार्फत जानकारी गराएको छ ।









