३० साउन
कैलाली : जिल्ला अदालत कैलालीमा टीकापुर घटनाको पहिलो पेसी सुरू भएको छ। घटनाको झण्डै तीन वर्षपछि पहिलो पेसीको लागि साउन २४ गते समय तोकेको थियो, तर जिल्ला न्यायाधीश पर्शुराम भट्टराईको स्वास्थ्य समस्या देखाउँदै बुधबारका लागि सारिएको थियो।

२०७२ भदौ ७ गते भएको टीकापुर घटनाको अभियोगमा दुई नाबालक, रेशम चौधरीसहित २६ जनालाई पुर्पक्षको लागि कारागार चलान गरेको छ। चौधरी प्रतिनिधिसभा सदस्य हुन्।