२८ साउन
पर्वत । अनलाईन मिडिया सूचना केन्द्र डट कम ले आफ्नो ५ औँ बार्षिकत्सव मनाउने भएको छ । पर्वत जिल्लामा स्थापना भएको सूचना केन्द्र डट कम लोकप्रिय अनलाईनको रुपमा रहेको छ । यस मिडिले हरेक वर्षको वार्षिक उत्सव फरक ढंगले गर्दै आईरहको छ । ५औं वार्षिकत्सव भने पत्रकार सम्मान तथा साँस्कृतिक साँझ २०७५ को आयोजना गरि मनाउने कूरा आज कूश्मा वजारमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गरिएको छ ।

पर्वतको कुश्मामा अवस्थित सिद्धेश्वर चलचित्र मन्दिर हलमा कार्यक्रमको आयोजना गरि मनाउने पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । भदौ २ गते शनिवार दिउँसो ३ बजेवाट हुने कार्यक्रमको ९० प्रतिशत तयारी पुरा भएको सुचना केन्द्रका प्रवन्धक निर्देशक बैकुण्ठ गिरीले जानकारी दिनुभयो । पत्रकार सम्मेलनमा उहाँले कार्यक्रममा उपस्थित दर्शकहरुलाई मिठो र भरपुर आनन्द प्रदान गरिने बताउनु भयो ।

कार्यक्रममा सुगम संगितका चर्चित गायक शिव परियार, लोक गायक बद्रि पंगेनी, सम्झना भण्डारी र कृष्ण अखेलीको विशेष प्रस्तुति रहने छ । उक्त अवसरमा पत्रकारिताको क्षेत्रमा क्रियाशिल रेडियो शालिग्रामका स्टेशन म्यानेजर , मोदी कालि साप्ताहिकका सम्पादक तथा पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्ष ओमप्रसाद घायल, न्यू कालीगण्डकी दैनिकका सम्पादक तथा पत्रकार महासंघ पर्वतका पूर्व अध्यक्ष दुर्गाप्रसाद शर्मा र ठुलो पर्दा टिभीका सञ्चालक जिवन पराजुलीलाई नगद ५ हजार सहित दोसल्ला ओढाएर सम्मान गरिने भएको छ ।

मनोरञ्जन सँगै पत्रकार क्षेत्रमा सम्मान होस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको गिरीले बताउनु भयो । उहाँका अनुसार थप ३ जना पत्रकारहरुलाई पनि सम्मान गर्ने भएपनि नाम सार्वजानिक भईनसकेको जानकारी दिनुभयो ।

कार्यक्रममा विज्ञापनदाता तथा सहयोग दाताहरुलाई समेत सम्मान गरिने गिरीले बताउनु भयो । कार्यक्रमवाट संकलित रकम सामजिक क्षेत्रमा खर्च गरिने उहाँले बताउनु भयो ।