२५ साउन
पर्वत । कूश्मा नगरपालिका वडा न २ खर्कोटमा २ महिने आधारभूत सिलाईकटाई तालिम समापन भएको छ । कूश्मा नगरपालिकाको आर्थिक सहयोगमा घरेलू तथा सानाउद्योग विकास समिति पर्वतको आयोजना र वडा नं. २ को व्यवस्थापनमा संचालन भएको तालिमको एक औपचारिक कार्यक्रमका विच विहिवार समापन गरिएको छ ।
उक्त कार्यक्रमका प्रमूख अतिथि कूश्मा नगर प्रमूख रामचन्द्र जोशीले महिलाहरु घरमा नै वसेर उद्यमी वनी व्यवसाय वढाउनका लागी यस सिलाई कटाई तालिमले सहयोग पू-याउने धारणा राख्नू भयो । उहांले तालिम मात्र दिएर हूदैन तालिम पछि कार्य गर्ने औजार पनि वितरण गर्नु पर्दछ भनि मेसीनहरुको व्यवस्था गरेकाले यस वाट आम्दानी वढाउन सवै सहभागीहरुलाई आग्रह गर्नु भयो । उहांले हरेक घरमा एक एक जना उद्यमी सृजना गरि सवैलाई स्वरोजगार तर्फ लाग्न उत्प्रेरणा गर्ने वताउनू भयो । यस तालिममा सहभागी भएका सवै उद्यमी वन्न ईच्छूक सहभागी छनौट भएकाले तालिममा सिकेको सिप दैनिक जिवनमा प्रयोगमा ल्याई आम्दानी वढाउन आग्रह गर्नु भयो । यस भन्दा वढि सहयोग चाहिएमा कूश्मा नगरमा सम्पर्क गर्न आग्रह गर्नु भयो । महिलाहरुलाई उद्यमी वन्न कूश्मा नगरले प्रोत्साहन गर्ने वताउनू भयो ।

कार्यक्रममा घरेलू तथा साना उद्योग विकास समिति पर्वतका निमित्त वरिष्ठ उद्योग अधिकृत विष्णु प्रसाद न्यौपाने,पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा,लोकतान्त्रिक गैर सरकारी संस्था महासंघ पर्वतका अध्यक्ष गणेश वहादूर क्षेत्री,जगदम्वा प्रा वि का प्रधानध्यापक राम प्रसाद शर्मा,प्रशिक्षक अम्विका हमाल लगायतले तालिममा सिकेको कूरा व्यहवहारमा उतार्नका लागी शूभकामना दिएका थिए ।

कार्यक्रमको अध्यक्षता वडा नं. २ का वडा अध्यक्ष यदूनाथ वास्तोलाले गर्नु भएको थियो भने कार्यक्रमको संचालन घरेलू तथा साना उद्योग विकास समितिका उद्यम विकास सहजकर्ता लजिता श्रेष्ठले गर्नु भएको थियो । सहभागीको तर्फ वाट दूर्गा दर्जिले यो तालिममले हामीलाई स्वरोजगार वन्न सिपका साथै मेसिन समेत दिएकाले त्यसलाई व्यवहारमा उतारी आम्दानी गर्ने वताईन् ।
खुर्कोटका १० जना महिला सहभागीहरुले २ महिने तालिम पश्चात १० वटा मेसीन,आईरन,कैची प्राप्त गरेका छन् ।









