२४ साउन
काठमाडौं – सरकारले धुर्मुस सुन्तली फाउण्डेशनलाई वीर अस्पताल सरसफाइबापतको रकम उपलब्ध गराउने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वीर अस्पतालको सरसफाइ गरेवापत धुर्मस(सुन्तली फाउण्डेशनलाई ६९ लाख ८६ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको साउन १० गते बसेको बैठकले वीर अस्पताल सरसफाइवापत सो रकम दिने निर्णय गरेको हो।

‘वीर अस्पतालको सरसफाइ गर्ने क्रममा धुर्मुस -सुन्तली फाण्डेशनलाई रकम अभाव भएपछि स्वास्थ्य मन्त्रालयले उक्त रकम उपलब्ध गराउने प्रतिवद्धता जनाएको थियो । जस अनुसार कुल एक करोड नौ लाख रुपैयाँ खर्च भएकोमा मन्त्रालयले हाललाई ६९ करोड ८६ लाख रुपैयाँ दिने निर्णय गरेको मन्त्रालय स्रोतले जनाएको छ । फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलले अस्पताल रंगरोगन गर्दा आफूलाई सरकारले सहयोग नगरेको भन्दै त्यतिखेर सरकारको कडा आलोचना गरेका थिए।

वीर अस्पतालको रंगरोगनका लागि भन्दै फाउन्डेशनले विभिन्न सहयोगीबाट चन्दासमेत लिएको र रंग कम्पनीबाट निशुल्क रंगसमेत लिएको त्यतिखेर नै सार्वजनिक भएको थियो। उनको यो अभियानमा विभिन्न स्वमंसेवी संस्थाहरुले सहयोग गरेका थिए। उनले रंग निशुल्क ल्याएको र कामदारले पनि निशुल्क काम गरेको उल्लेख गरेका थिए।