२३ साउन
पोखरा । पर्वत सेवा समाज पर्वतले विहादी गाउंपालिका वडा नं ६ सालीग्रामका डिल वहादूर थापालाई उपचारका लागी सहयोग हस्तान्तरण गरेको छ । गत चैत्रमा भारतको डिल्लीमा गाडी एक्सिडेण्टमा परी घाईते भई उपचाररत थापाको आर्थिक अवस्था कमजोर भएकाले सहयोगका लागी देशविदेशमा रहनुहूने सवैलाई आग्रह गरेका थिए ।
दुर्घटनामा परि घाईते थापाको कम्मरमूनकिो कुनै भाग नचल्ने अवस्थामा छ । उनि वैशाखीको सहाराले उठ्न सक्नेमात्र भएका छन् । ३७ वर्षिय थापा घरपरिवारमा साहारा अरुकोहि छैनान् छुट्टी भिन्न भएका १ दाजु संग संगै वस्दै आएका छन् । दिल्लीमा दुर्घटना परि उपचार र नेपाल सम्म ल्याउने काममा विहादीका राजू भण्डारीले सहयोग गरेका थिए । हाल उनि पैयू गाउपालिका ६ सरौखोलामा दाजू भाउजूको साहारामा वेडमा रहेका छन् ।

यसै विच पर्वत सेवा समाजका आजिवन सदस्य ईश्वरी केसीले एक कार्यक्रमका विच पोखरामा विरामीका दाजूलाई सहयोग हस्तान्तरण गरेकी छन् । पर्वत सेवा समाज ईजरायलका अध्यक्ष पर्वतमाला के सी लगायतको अगूवाईमा संकलन भएको रु २० हजार रकम हस्तान्तरण गरेकी हून् । समाजका अध्यक्ष मूना भूषालले उक्त सहयोगले विरामीको उपचारमा थप सहयोग पूग्ने आशा व्यक्त गरिन । उक्त रकम सहयोग प्राप्त गरे पछि विरामीका दाजूले अविवाहीत भाई डिल वहादूर थापाको उपचारमा सहयोग पूग्ने धारणा राखे । यसरी सहयोग पु-याएकोमा पर्वत सेवा समजलाई धन्यवाद दिएका थिए ।










