२१ साउन
पर्वत,पोखराबाट जोमसोम तर्फ जादै गरेको ग १ ख ५५९८ बस पर्वतको मोदी गाउँपालिका वडा नं ६ बेतनीमा दुर्घटना भएको छ ।
सोमबार बिहान ९.२० बजेको समयमा भएको दुर्घटनामा परि १९ जना भन्दा बढी यात्रु घाइते भएका छन । घाइते मध्ये ६ जना यात्रुको अवस्था गम्भीर रहेकाले पोखरा तर्फ उपचारका लागी लगिएको छ । सामान्य घाईतेहरुलाई पर्वत जिल्ला अस्पतालमा लगिएको छ ।
१३ जना घाईतेलाई पर्वत जिल्ला अस्पतालमा ल्याएको कूरा जिल्ला प्रहरी कार्याल्य पर्वतका प्रहरी निरिक्षक सूरज खत्रीले जानकारी दिनू भयो । बस सडकबाट झण्डै ४० मिटर तल खेतमा खसेको छ । दुर्घटनाको प्रारम्भीक कारणमा वाटो चिप्लो भएको,खाल्डाखूल्डी जोगाउनका लागी डिलतिर मोड्ने क्रमममा व्रेक फेल भएको हून सक्ने प्रहरी निरीक्षक सूरज खत्रीले जानाकारी दिनू भयो भने विस्तृत कारण भने अनूसन्धान पछि खूल्ने वताउनू भयो ।









