२३ माघ
पर्वत । कालीगण्डकी करिडोर प्रसारण लाइन पर्वत सब–स्टेसन निमार्ण गर्दा स्थानीय जनता र स्थानीय वडा अनुकुल काम नगरेको प्रति खुर्कोटवासीले आपत्ति जनाएका छन् । कुश्मा नगरपालिका वडा नं. २ का वडाध्यक्ष यादुनाथ बास्तोलाद्धारा जारी गरिएको विज्ञप्तीमा आयोजनाको काम निमार्णलाई सहजता प्रदान गर्दै जिल्ला प्रसाशन कार्यायमा अहम भूमिका निर्वाह गर्दै आएको जनाएका छन् । काम गर्ने शिलशिलामा वडाले खेलेको भूमिका समेत सार्वजनिक नभएको भन्दै दुख ब्यक्त गरेका छन् । ९७ प्रतिशत मात्रै काम सम्पन्न गर्दै कालीगण्डकी करिडोर प्रसारण लाइन पर्वत सब–स्टेसनको उद्घाटन गरिएको भन्दै वडाले यसको खण्डन समेत गरेको हो ।

भौतिक पूर्वाधार पुरा नहुदै हतारमा गरिएको उद्घाटनले आम जनताको आँखामा छारो हालिएको समेत विज्ञप्तिमा भिनिएको छ । पाङ,खुर्कोट क्षेत्रमा हाईटेन्सन टावर निर्माण स्थलको अझै सम्म मुअव्जा वितरण गरिएको छैन । मुअव्जाको मुल्य निर्धाणमा जग्गा धनी र कालिगण्डकी करीडोर कार्यालय संग अझै विवाद रहेको छ । जवरजस्त आयोजनाले टावर निर्माण गरेर तार विच्छाएको छ ।

दर्जनौ पटक जिल्ला प्रशासन कार्यालयमा छलफलका लागी वडाले सहजिकरण गरे पनि कुरामिल्न नसकेको अवस्थामा स्थानिय सरकारका जनप्रतिनिधिलाई आपनो धारणा सार्वाजनिक गर्न नदिई शुभारम्भ गरेको प्रति वडा नं. २ को गम्भिर ध्यानआकर्षण भएको जनाएको छ ।
राष्ट्रिय प्राथमिकता प्राप्त कालीगण्डकी प्रसारण लाइन करिडोर आयोजना अन्तर्गत २ सय २० केभी क्षमताको पर्वतको खुर्कोटदेखि म्याग्दीको दानासम्मको सवस्टेसनको उद्घाटन बिहिबार प्रधानमन्त्री के पी ओलीले भर्चुअल प्रविधिवाट गरेका थिए । वडाध्यक्षले समस्या समाधान गर्न जनतालाई बिकासमा सँगै लगेका कारण काम भएको थियो । तर,जनप्रतिनिधि र स्थानीयलाई हानी पु-याउँदै यो आयोजनाले काम गर्दा समेत सुनुवाई हुननसकेको जनाइएको छ ।
यसै विषयलाई लिएर नेपाल विद्यार्थी संघ हिमालय मा वि ले समेत प्रेस विज्ञप्ती निकालेर विरोध जनाएको छ । नेवि संघका सभापती विवेक गिरीले स्थानिय जनताको भावनामा ठेस पुग्ने गरि जनप्रतिनिधिलाई अवमुल्यन गरिएको जनाएका छन् ।