Commission for the Investigation of Abuse of Authority (CIAA) building. Photo: THT

२३ पुस

सर्लाहीको हरिवन नगरपालिकास्थित मालपोत कार्यालयका नायब सुब्बा र लेखापढी व्यवसायी घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिवासको कार्यालयबाट गएको टोलीले नायब सुब्बा बेदनिधी बराल र लेखापढी व्यवसायी रामसुन्दर महतो ११ हजार घुससहित पक्राउ गरेको हो ।

उनीहरूले जग्गाधनी दर्ता प्रमाण पत्रमा नाम सच्याउने काम गरेबापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने उजुरी अख्तियारले पाएको थियो । सोही उजुरीको आधारमा लेखापढी महतोलाई ११ हजार घुससहित पक्राउ गरेको प्रवक्ता तारानाथ अधिकारीले बताए ।