२१ पुस

पर्वतको कुश्मा नगरपालिका १ सहस्रधारामा शोकसभा सम्पन्न भएको छ । नेपाली काँग्रेस कुश्मा नगरसमितिले नेपाली काँग्रेस कुश्मा नगरसमितिका सदस्य चित्रवहादुर क्षेत्री र क्रियाशिल सदस्यहरु कृष्णवहादुर क्षेत्री र रामवहादुर क्षेत्रीका आमा कमलादेबी क्षेत्रीको स्वर्गारोहण भएको सातौँ दिनको पूण्यतिथीमा आज शोकसभा गरिएको हो ।

शोकसभामा बोल्दै प्रमुख अतिथी नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले स्वार्गिय कमलादेबीको लोकतान्त्रिक संस्कार र धार्मिक आस्थाको बारेमा चर्चा गर्नुभयो । जोशीले नेपाली काँग्रेसको राजनीतिक दर्शन र संस्कारलाई अँगाल्दै आएको र उहाँको निधनले काँग्रेसले एक अभिभावक गुमाएको बताउनुभयो । उहाँले दिवंगतको आत्माको चिरशान्तीको कामना गर्दै श्रद्धाञ्जली व्यक्त गर्नुभयो भने परिवारलाई शोकलाई शक्तिमा बदलेर अघि बढ्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापती खिमप्रसाद भुसालले नेपाली काँग्रेसलाई कमलादेबीको संधै अभाव खड्किने बताउनुभयो । उहाँले क्षेत्री परिवारले पार्टीलाई अतुलनिय सहयोग गरेको स्मरण गर्नुभयो । उक्त शोकसभामा महासमिति सदस्य गंगाधर तिवारी, तरुण दलका केन्द्रीय कोषाध्यक्ष बिद्धान गुरुङ, कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछाने, जिल्ला सदस्य डा. चुडामणी शर्मा, प्रदेश क का सचिव कृष्णप्रसाद लामिछाने, कुश्मा नगरपालिका १ का सभापती खगराज पौडेल , कुश्मा नगरपालिका ५ का वडाध्यक्ष चित्रकला शर्मा भारती, धाईरिङका सभापती राजु आचार्य नेपाल निजामती कर्मचारी यूनियन संघका अध्यक्ष यामप्रसाद शर्मा,नेपाली काँग्रेस कुश्मा नगरसमितिका कोषाध्यक्ष शिवराज शर्मा, लगायतले बोल्नुभएको थियो ।

नेपाली काँग्रेस कुश्मा नगर समितिका सभापती एवं कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीको सभापतीत्वमा भएको कार्यक्रममा स्वागत नेपाली काँग्रेस कुश्मा नगरपालिका १ का सचिव ईश्वरी शर्माले गर्नुभएको थियो भने सञ्चालन नेपाली काँग्रेस कुश्मा नगरसमितिका सचिव सुरेन्द्र केसीले गर्नुभएको थियो ।