२० पुस
क्षत्री समाज पर्वतका अध्यक्ष कृष्ण वहादुर क्षेत्रीलाई मातृशोक परेको छ । कमला देवी क्षेत्रीको पुस १४ गते उहाको निवास कुश्मा नगरपालिका वडा नं. १ पाङ्ग सहस्रधारामा निधन भएको हो । ८४ वर्षिय कमला देवी केहि दिन देखी विरामी हुुनुभएको थियो । आज उहांको निवासमा पुगेर क्षेत्री समाज पर्वतले श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरि दःुख व्यक्त गरेको छ ।

कार्यक्रममा क्षत्री समाजका केन्द्रिय उपाध्यक्ष तथा पर्वतका निवर्तमान अध्यक्ष नर वहादुर कार्कीले स्वार्गिय माता कमला देवीको निधनले पर्वत लगायत नेपालका क्षत्रीहरुलाई दुःख लागेको वताउनुभयो । समाजसेवामा सधै उत्प्रेरणा गर्ने उहांको स्वाभावका कारण नै आज क्षत्री समाज पर्वतको अध्यक्षको रुपमा कृष्ण वहादुर क्षत्रीले नेतृत्व गर्नुभएको वताउनु भयो । क्षत्री समाज केन्द्र,प्रदेश र जिल्लाको तर्फवाट भावपुर्ण श्रद्धान्जली अर्पण गर्दै शोकसम्तव्ध परिवारमा गहिरो समवेदना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा क्षत्री समज द्धारा प्रवर्धित समृद्ध वचत तथा ऋण सहकारी संस्था लिमिटेडका सचिव गणेश वहादुर भण्डारी,क्षत्री समाज पर्वतका सचिव गणेश वहादुर क्षेत्रीले समवेदना मन्तव्य राख्नू भएको थियो ।

उक्त श्रद्धान्जली सभामा क्षत्री समाजका गण्डकी प्रदेशका वरिष्ठ उपाध्यक्ष ईन्द्रमान खत्री,क्षत्री समाज पर्वतका वरिष्ठ उपाध्यक्ष ज्ञान वहादुर भण्डारी,उपाध्यक्ष सरस्वती भण्डारी,मिना वानिया थापा,कोषाध्यक्ष नवराज भण्डारी,सहकोषाध्यक्ष लाल वहादुर खत्री,सल्लाहकार खड्क वहादुर कार्की,समृद्ध वचत तथा ऋण सहकारीका कोषाध्यक्ष सुवर्ण अर्याल,सदस्यहरु,नारायण कुवर, विन्दू जिसी,पवित्रा क्षत्री,सहकारीका व्यवस्थापक सावित्री न्यौपाने लगायतको उपस्थिति रहेको थियो ।

स्वर्गिय कमलादेवी क्षत्रीका ३ छोराहरु कृष्ण वहादुर क्षत्री,चित्र वहादुर क्षेत्री र राम वहादुर क्षत्री रहेका छन् ।









