१५ पुस

काठमाडौं । गत मंसिर ८ मा कांग्रेसका नेता मोहनप्रसाद पाण्डेले संघीय सांसदका रुपमा पद तथा गोपनीयताको शपथ ग्रहण लिए । सांसद सूर्यबहादुर केसीको निधन भएपछि रिक्त रहेको स्थानमा शपथ लिएका उनी यस्ता सांसद बने जस्ले सदन छिर्ने सौभाग्य पाउन सकेनन् ।

शपथपछि संघीय संसदको गरिमा उचो बनाउन आफ्नो भूमिका रहने प्रतिक्रिया दिंदै संसद् सचिवालयबाट बाहिरिएका उनले संसद जानु अघी नै पूर्व सांसद हुने कल्पना समेत गरेका थिएनन् ।

राजनीतिमा बेलामौका यस्ता दुर्लभ घटना हुने गर्छन । नेपालको पछिल्लो घट्नाक्रमले सांसद पाण्डेलाई ‘दुर्लभ नेता’का रुपमा चित्रण गर्यो‍ जो सांसदको लोगो लगाएर पनि संदन छिर्नै पाएनन् ।

कुर्सीमा बसेर ताली बजाउनै पाएनन् । पोडियममा उभिएर जनताका कुरा राख्नै पाएनन् । किनकी संसदको हिउँदे अधिवेशन सुरु भएकै थिएन । अधिवेशन बोलाउने चर्चा चलिरहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते आइतबार संसद भंग गरिदिइन् । जसको निशानामा परि नेपालको संविधान घाइते भएको छ भने सांसद पाण्डेले एक दुर्लभ पात्रको परिचय पाए ।

बेलामौका सत्ता संचालकको मनोमानी र एकाधिकारका कारण व्यवस्था नै असफल बनाउने प्रयास हुनेगर्छ । नेपालमा पाँच बर्षका लागि जनताको म्यान्डेट पाएको प्रतिनिधिसभा विघटनले पाण्डे ‘अभागी’ सावित भए । तर पाण्डे आफूलाई होइन नेपाली जनता र व्यवस्थालाई अभागी ठान्छन । उनी भन्छन्, ‘यहाँ ब्यक्तिको कुरा होइन व्यवस्थालाई नै संकटमा पारियो । ‘यहाँ व्यक्तिको कुरै होइन, यहाँ मुलुुकलाई नै दाउमा राखियो, ओलीले संविधान र जनतालाई नै धोका दिए ।