९ पुस
नेकपा (केपी ओली समूह)ले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई कारबाही गर्दै कार्यकारी अध्यक्षबाट हटाएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी ओली समूहको केन्द्रिय कमिटी बैठकले साबिक पार्टीका अर्का अध्यक्ष प्रचण्डको कार्यकारी जिम्मेवारी खोसेको हो । बैठकले प्रचण्ड कार्यकारी अध्यक्ष नभएको र केपी ओलीको मात्र हस्ताक्षर चल्ने गरि निर्णय गरेको एक केन्द्रिय सदस्यले जानकारी दिए ।
ओली समूहले पार्टीको आधिकारिकताका लागि ओली नेतृत्वको कमिटीको सबै विवरण समेत निर्वाचन आयोगमा बुझाएको छ ।









