३० मंसीर
पर्वत । दुई तिहाईको सरकारको सर्वसत्तावाद, भष्ट्रचार, आतंक र कोभिड विरुद्धको अकर्तमन्यताको विरुद्ध नेपाली कांग्रेसले पर्वतमा प्रदर्शन गरेको छ । कांग्रेसको पाटी कार्यालय लोकान्त्रिकचोकवाट शुरुभएको विशाल –याली वडागाउंहूदै शिवालय चोकमा पुगेर कोण सभा गरि समापन भएको थियो ।
कोण सभालाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य अजुन प्रसाद जोशीले संवोधन गर्नुभएको थियो । जोशीले नेकपाको सरकार काण्डै काण्डको सरकारको रुपमा रहेको भन्दै नेकपालाई कांग्रेसले सच्चिन मौका दिंदा दिंदै थप सर्वसत्तावाद हुँदै गएकोले विरोध प्रदर्शन गर्नु परेको वताउनु भयो । उहाँले नेकपाको सरकारको दिन गन्ति शुरु भएको समेत वताउनु भयो ।नेकपाका एक अध्यक्षले अर्का अध्यक्षलाई भष्ट्रचार भयो, वेतिथि भयो भनेर लगाएका दर्जनौ आरोपले नै सरकार असफल भएको पुष्टी गरेको वताउनु भयो । कोभिट जस्तो महामारीमा पनि कमिशन खाने सरकारले जनताको पक्षमा काम नगर्ने वताउनू भयो । जनताको मतको दूरुपयोग गरि आपनो स्वर्थशिद्ध गरेकाले यो सरकार धेरैदिन नटिक्ने वताउनु भयो ।
संघिय शांसद लालकाजी गुरुङले नेकपा प्रमुख प्रतिपक्षी पाटीको वरिष्ठ नेता माथि समेत जाई लाग्न पछि नपरेको भन्दै यस किसिमको कार्यशैलीले सरकार टिक्न नसक्ने वताउनु भयो । सांसद गुरुङले इतिहास देखि नै कांग्रेस संग निहु खोज्ने जोकोही शक्ति सकिएको स्मरण गराउँदै नेकपा सरकार नसचिए आफै सकिने वताउनू भयो । कार्यक्रममा पुर्व पाटी सभापति नवराज गुरुङले कांग्रेस भित्र भावनात्मक एकता कायम गर्दै वर्तमान सरकारको विद्यमान कार्यशैलीलाई जनस्तरमा पु¥याई कम्युनिष्ठ सर्वसत्तावाद अन्त्य गर्नुपर्ने वताउनु भयो । गण्डकी प्रदेश सभा सदस्य ललितकला गुरुङले नेकपा सत्तामा रहेसम्म महिला, दलित विपन्नको समृद्धि संभव नहुने वताउनु भयो ।
कार्यक्रममा महासमिति सदस्य एवम् पयुँ गाँउपालिका अध्यक्ष खगेन्द्र प्रसाद तिवारी, कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, जलजला गाँउपालिकाका अध्यक्ष याम वहादुर मल्ल, महाधिवेशन प्रतिनिधी राजेन्द्र प्रसाद तिवारी, नेपाल तरुण दलका केन्द्रिय कोषाध्यक्ष विद्वान गुरुङ, नेपाल तरुण दल पर्वतका अध्यक्ष राज मल्ल तोरण र नेपाल विद्यार्थी संघका जिल्ला अध्यक्ष मिलन सुवेदीले नेकपाको सर्वसत्तावाद आतंक र भष्ट्रचार नसच्चिए नेपाली कांग्रेस सडक मात्रै हैन सदन छिर्न बाध्य हुने चेतावनी दिनुभएको थियो । कार्यक्रममा उपसभापति दुर्गा वहादुर खत्रीको धन्यवाद तथा सचिव अशोक उचै ठकुरीको स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
नेपाली कांग्रेसका जिल्ला पाटी सभापती खिम प्रसाद भुषालको सभापतित्वमा भएको कार्यक्रमको संचालन पार्टी सचिव विश्व प्रकाश प्रसाईले गर्नुभएको थियो ।









