२८ मंसीर
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक सुरु भएको छ। बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुबैको उपस्थिति रहेको प्रधानमन्त्रीका सल्लाहकार सूर्य थापाले जानकारी दिए।
यसअघि बैठक मंसिर २१ गते पार्टी केन्द्रीय मुख्यालय धुम्बाराहीमा बसेको थियो।
२१ गतेको बैठकमा एक पत्र पठाउँदै अध्यक्ष ओली भने अनुपस्थित भएका थिए। ओलीको पत्रमा अध्यक्ष प्रचण्डले कात्तिक २८ गते सचिवालय बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन फिर्ता हुनुपर्ने अडान राखेका छन्।
सोही दिनको बैठकमा सबै स्थायी कमिटी सदस्यलाई अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेका प्रतिवेदन र पत्र अध्ययनका लागि वितरण गरिएको थियो।









