२६ मंसीर
काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाबाट थप ११ जनाको मृत्यु भएको छ । सोही अवधिमा १ हजार ४४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार २७१ संक्रमित निको भएका छन् ।
हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४६ हजार ६९४ पुगेको छ । सक्रिय संक्रमितको संख्या १२ हजार १४८ छ ।
कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ६७४ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार हालसम्म २ लाख ३२ हजार ८७२ संक्रमित निको भइसकेका छन् ।









