२४ मंसीर
काठमाडौं । प्रधानमन्त्री केपी ओलीका शैली र ब्यवहारका कारण सरकारको लोकप्रियता घट्दै जादा अहिले सडकमा ब्यवस्था विरोधीहरु सलबलाउन थालेका छन् । विभिन्न शक्ति केन्द्रहरुको फन्डिङ (आर्थिक स्रोत साधन परिचालन) मा सडकमा गणतन्त्र विरुद्ध नाराबाजी लागिरहेको छ ।
सर्वदलीय बैठकको आवश्यकताको खाँचो खासमा प्रचण्डले पार्टी बैठकमा अथ्र्याएका थिए । त्यसको भोलिपल्टै प्रधानमन्त्री केपी ओलीले मंगलबारका लागि बैठक बालुवाटारमा बोलाए । संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई समसामायिक विषयमा छलफल गर्ने भन्दै ओलीले बिहान ११ बजे सर्वदलीय बैठक बोलाए । बैठक अगाडी कुन विषयमा कसरी छलफल गर्ने भन्दै त्यसको प्रारम्भिक तयारीका लागि उनले सर्वदलीय बैठक अगाडी मन्त्रिपरिषद् बैठक पनि बोलाए । सर्वदलीय बैठकमा पूर्व प्रधानमन्त्रीहरु पनि सहभागी भए ।
नेकपा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्दय झलनाथ खनाल, माधव नेपाल, काँग्रेस सभापति शेरबहादुर देउवा सम्मका नेता बैठकमा पुगे । तर त्यहाँ प्रचण्ड, नेपाल र खनालले बोल्नै पाएनन् । उनीहरुले बैठकमा कुनै धारणा नै राखेनन् । काँग्रेस सभापति देउवा पनि आफ्नो धारणा नराख्दै रामचन्द्र जी यही हुनुहुन्छ, उहाँले पार्टीका तर्फबाट धारणा राख्नुहुन्छ भन्दै बाहिरिएका थिए । कतिपयले यसलाई अनौठो ढंगले पनि हेरेका छन् । आफ्नै पार्टी नेकपाभित्र अन्तरसंर्घष झेलिरहेका र कतिपय ले सरकारकै कार्यशैलीका कारण प्रतिगमनकारी शक्तिहरु सल्बलाउन थालेको बताएपछि मुख्य नेताहरुलाई बोल्न नै एकप्रकारले प्रतिबन्ध जस्तै लागेको थियो ।
सोही कारण प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल लगायत नेताहरुले बोल्दै बोलेनन । प्रचण्ड, नेपाल र खनाल अहिले नेकपाभित्रको अन्तरसंर्घषमा ओली इतर खेमामा छन् । उनीहरुले सर्वदलीय बैठकको अन्तिमसम्म बसे, अन्य नेता तथा राजनीतिक दलका नेताहरुका कुरा सुने तर आफ्नो धारणा राख्नै नपाई फर्किए । सर्वदलीय बैठकको शुरुमै आफ्नो धारणा राख्दै प्रधानमन्त्री ओलीले कोभिड १९ र राजावादीहरुको प्रर्दशन, विप्लव नेतृत्वको नेकपाका गतिविधिका विषयमा धारणा राख्दै यी विषयहरुमा राष्ट्रिय सहमति जुटाउने र सबै दल तथा नेताहरुको साझा धारणा बनाउने उदेश्यका साथ सर्वदलीय बैठक बोलाएको बताएका थिए ।
बैठकको शुरुमै ओलीले आफ्नै पार्टीका अध्यक्ष प्रचण्ड, माधव नेपाल लगायतका नेताहरुले गरिरहेका गतिविधि प्रति लक्षित गर्दै धारणा पनि राखेका थिए । सरकारले गरिरहेका काममा आफ्नै पार्टीका नेताहरुले पनि देख्न नसकिरहेको भन्दै उनले प्रचण्ड नेपाल लगायतका नेताहरुले अहिले पार्टीभित्र चलाईरहेको अन्तरसंर्घषमा असन्तुष्टि जनाएका थिए ।
तर सर्वदलीय बैठकमा ओलीले आफ्नै प्रधानमन्त्री र सत्तारुढ दल नेकपाको अध्यक्षका रुपमा प्रस्तुत भएर नेकपाका अर्का अध्यक्ष प्रचण्डलाई बोल्ने समय उपलब्ध गराएनन् । प्रधानमन्त्रीले आफ्नो आलोचना आफ्नै पार्टीका नेताले सर्वदलीय बैठकमा उठाउन सक्ने भए ओलीमा थियो । सोही कारण पनि उनले प्रचण्ड लगायतका नेतालाई बोल्ने मौका दिएनन् ।









