२२ कार्तिक
पर्वत। गृह मन्त्रालयका सचिव महेश्वर न्यौपानेले कोरोना महामारी बढ्दो रहेकाले जिल्लास्तरमा परिस्थिति हेरेर आवश्यक कार्ययोजना बनाउन सुरक्षा प्रमुखलाई निर्देशन दिनुभएको छ ।

पर्वत सदरमुकाम कुश्मामा धौलागिरिका पर्वत, बागलुङ र म्याग्दीका प्रशासन तथा सुरक्षा प्रमुखसँग आज भएको छलफलमा उहाँले पहिला आफू सुरक्षित हुने र नागरिकको सुरक्षामा तैनाथी रहन निर्देशन दिनुभएको हो ।

गृह सचिब न्यौपानेले आफ्नो जिल्लाको परिस्थिति हेरेर आवश्यक कार्ययोजना बनाउन तीनवटै जिल्लाका सुरक्षा प्रमुखहरुलाई आग्रह समेत गर्नुभएको छ । न्यौपानेले विकास निर्माणका कामहरुलाई गुणस्तरीय र समयमै सम्पन्न गर्नका लागि आवश्यक सुरक्षाको प्रवन्ध गर्न निर्देशन समेत दिनुभएको छ ।

‘कोभीड-१९ का कारणले लामो समयदेखि प्रभावित विकास निर्माणलाई अब द्रुत गतिमा अघि बढाउनु पर्दछ’ उहाँले भन्नुभयो-‘त्यसका लागि जिल्लामा संचालित राष्ट्रिय गौरबका र अन्य महत्वपुणर् योजनाहरुमा विषेश प्राथमिकता दिएर काम गर्नुहोस ।’ गृहसचिब न्यौपानेको भनाई उदृत गर्दै पर्वतका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।