३ कार्तिक
पर्वत। पर्वत जिल्लामा कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । पर्वतको कुस्मा नगरपालिका वडा नं ५ मा होमआइसोलेसनमा रहेकी ४८ बर्षिया महिलाको आइतबार साँझ मृत्यु भएको हो । उनले पर्वतका स्थानिय मेडिकलमा उपचार गरेकी थिईन । उपचार गर्दा रुघाखोकी ज्वरो कन्टोल नभए पछि पोखरा मेट्रोसिटीमा लगिएको थियो ।

उपचारका लागि पोखरा स्थित मेट्रोसिटी अस्पतालमा पुगेकी ती महिलालाई असोज ३० गते कोरोना पुष्टि भएको थियो । अस्पतालले होमआइसोलेसनमा राख्न आइतबार बिहान मात्रै घर पठाएको बुझिएको छ । उनि पोखरावाट प्राईभेट जिप चढेर पर्वतको शिवालय चोकमा आए पछी ट्याक्सीको खोजेर घर सम्म पुगेकी थिईन । कोरोना पुष्टि भए पछि अस्पतालले सुरक्षाका विधि नपनाई सार्वाजनिक यातायातमा पठाउनू कमजोरी रहेको देखिन्छ ।
कुश्माको प्रगती चोकमा तरकारी,किराना पसल संचालन गर्दै आएकी महिला प्रेसर र सुगरको विरामी भएको वुझिएको छ ।

मृतकको शब ब्यबस्थापन कसरी गर्ने भन्ने पर्वत डिसीसिएमसीले निर्णय गर्दैछ ।