२८ असोज
पर्वत । पर्वत जिल्लाको सदरमुकाम कुस्माबजारको सुरक्षाको लागी जोडिएका सिसी क्यामेरा पुनः संचालनमा ल्याईएको छ । २०७२ सालमा जडान गरिएका २८ वटा सिसी क्यामरा पूर्ण रुपमा नष्ट भएका थिए । कुस्मा नगरपालिकाको ५ लाख सहयोगमा जिल्ला प्रहरी कार्यालयले क्यामरा मर्मत गरि सञ्चालनमा ल्याएको हो ।
कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले उक्त सिसी क्यमाराको अवलोकन गर्दै बजारमा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर प्रहरी संगको सहकार्यमा सिसिटभी क्यामरा मर्मत गरि पूनः सञ्चालन गरिएको बताउनुभयो । मानिसको सवैभन्दा पहिलो आवश्यकता सुरक्षा हुनुरहेकाले कुश्माको संवेनशिल क्षेत्रमा ‘अपराधिक क्रियाकलाप रोक्नका लागि यो प्रबिधी सबैभन्दा उपयोगी वताउनू भयो । उहाँले भन्नुभयो‘जनशक्ति समेत कम लाग्ने भएकाले अपराध नियन्त्रण गर्न प्रहरीलाई पनि ठुलो सहयोग पुग्ने हुदा प्रहरी संग मिलेर सुरक्षाका अन्य योजनाहरुमा समेत कुश्मा नगरले सहयोग गर्ने वताउनू भयो ।
कुस्मामा २० वटा संवेदनशील ठाउँमा क्यामरा जडान गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरिक्षक बिश्व अधिकारीले बताउनुभयो । ‘सुरक्षा संवेदनशीलता भएका ठाउँमा क्यामरा जडान गरिएको छ ।’ उहाँले भन्नुभयो ‘चोरी, झैझगडा र अन्य अपराध रोक्नका लागि यसले सहयोग पु¥याउने छ ।’
कुस्मा मुख्यचोक, बजार क्षेत्र, लामा र अग्ला पुल, बञ्जीजम्प लगायतका ठाउँमा क्यामरा जडान गरिएको छ । यस अघि राखिएका मध्ये ५ वटा क्यामरा मर्मत गरि पूनः सञ्चालन गरिएको छ भने १५ वटा क्यामरा कुस्मा नगरपालिकाको सहयोगमा राखिएको छ । पहिलो चरणमा २० वटा राखिएपनि बजार क्षेत्रलाई केन्द्रित गरेर ब्यबसायिक प्रतिष्ठानको सहकार्यमा थप क्यामरा जडान गर्ने लक्ष्य राखिएको प्रनाउ अधिकारीले बताउनुभयो ।
कुस्माबजारमा धिरज कम्प्युटर नेटवर्कले सञ्चालन गरेको नेटको नेटवर्कलाई प्रयोग गरि क्यामरा जडान गरिएका कारण तारका लागि छुट्टै खर्च गर्नु परेको छैन ।
यसअघि २०७२ सालमा धौलागिरी अञ्चलको प्रबेशद्वारको रुपमा रहेको पर्वतको डिमुवा देखि पर्वतको सदरमुकाम कुस्मा बजार र वारीबेनीमा समेत क्यमरा जडान गरिएको थियो । सबै क्षेत्रमा गरी ३५ वटा क्यामरा जडान गरिएको थियो । सिसी क्यामरा जडान गर्नका लागि पर्वत उद्योग बाणिज्य संघको संस्थागत पहल तथा जिल्ला बिकास समिति र कुस्मा नगरपालिकाले समेत सहयोग पु¥याएका थिए । त्यसका लागि २२ लाख भन्दा बढी खर्च गरेको थियो । तर मर्मतको अभाबमा एक बर्षपछि नै सबै क्यामराहरु बिग्रेका थिए ।









