१२ असोज
पर्वत । कुश्मा नगरपालिका २ खुर्कोटमा एक घर १ धारा कार्यक्रम शिलान्यास भएको छ । एक कार्यक्रमका विच कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशी र उपप्रमुख सीता काफ्ले लामिछानेले संयुक्त रुपामा कार्यक्रमको शिलान्यास गर्नुभएको हो ।
कुश्मा नगरपालीका प्रमुख रामचन्द्र जोशीले नगर भित्र एकघर एक धारा पुराउने योजना अनुरुप वडा २ मा कार्यक्रम संचालन भएको बताउनुभयो । प्रमुख जोशीले नगरवासीको समस्या समाधान र बिकासका काममा निरन्तर लागी परेको बताउँदै त्यहीअनुरुप खुर्कोटमा एक घर एक धारा योजना अंघि बढेको जानकारी दिनुभयो । त्यस्तै जोशीले बिकास निर्माणमा राजनीति नगर्न सबैलाई अनुरोध गर्नुभयो ।

कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले बिकासको अत्यावश्यक कुरा पानी रहेकाले यो महत्त्वपूर्ण कार्यक्रमलाइ सबै लागेर सम्पन्न गर्न अनुरोध गर्नुभयो । उपप्रमुख लामिछानेले नगरपालिका हरसमय जनताको साथमा रहेको बताउनुभयो । उहांले पानी जिवन भएकाले त्यसको सहि सदुपयोग गरि आयआर्जनमा समेत प्रयोग गर्न अनुरोध गर्नुभयो ।
कुश्मा २ का वडा अध्यक्ष यदुनाथ वास्तोलाले आफ्नो चुनावी कार्यक्रममा वडाका विभिन्न ठाउँमापुग्दा सबै जनताले पानीको समस्या देखाएको स्मरण गर्दै आफु निर्वाचित भएको दिन देखीनै खटेर वडामा खानेपानीको समस्या समाधान गर्न लागेको वताउनु भयो । नगरपालिका मार्फत निरन्तर फलोअप गरेकाले आज उक्त कार्यले सार्थकता पाएको बताउनुभयो । अध्यक्ष वास्तोलाले योजना संचालन गर्न सहयोग गर्ने सम्पुर्ण निकायलाई धन्यवाद दिंदै यो कार्यक्रमलाइ सबै मिलेर सफल पार्न अनुरोध गर्नुभयो ।

नेपाल सरकारको विशेष खानेपानी आयोजना अन्तर्गत यो कार्यक्रम संचालन भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यलय बाग्लुङका इन्जिनियर राजेन्द्र न्यौपानेले जानकारी दिनुभयो । उक्त योजनाका लगि नेपाल सरकारबाट ७ करोड ८० लाख २ हजार विनियोजन भएको हो । त्यस्तै जनसहभागिताबाट ४ करोड ३ लाख ८९ हजार गरी कुल ११ करोड ५८ लाख ९१ हजार लागतमा खानेपानी योजना सम्पन्न हुने डिभिजन इन्जिनियर न्यौपानेले बताउनुभयो ।
कार्यक्रममा नेकपा पार्टी प्रतिनिधि कृष्ण बहादुर नेपाली, नेपाली कांग्रेस पर्वतका सदस्य सरस्वती शर्मा जिज्ञासु लगायतले बोल्नुभएको थियो । खानेपानी उपभोक्ता समिती उपाध्यक्ष घनराज पौडेलको सभापतित्व भएको कार्यक्रममा संचालन खानीपानी उपभोक्ता समिती सचिब शेषराज रेग्मीले गर्नुभएको थियो भने स्वागत उपभोक्ता समितीका सहसचीव रबिलाल शर्माले गर्नुभएको थियो । कार्यक्रममा स्थानीय जनप्रतिनिधि तथा उपभोक्ताको उपस्थिति रहेको थियो । योजनाबाट वडाका ६ सय ७२ घरधुरीका ३६ सय ३९ जनसंख्या लाभान्वित हुनेछन् ।
यो कार्यक्रम वडा भित्रको सवैभन्दा ठुलो कार्यक्रम रहेको जनाईएको छ । आयोजना सम्पन्न भएपछि २० वर्ष सम्म खानेपानीको समस्या समाधान हुने छ ।









