११ असोज
काठमाडौं ।  प्रधानमन्त्रीकी निजी चिकित्सक डा. दिव्या सिंह शाहमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। कोरोनासँग मिल्ने लक्षण देखिएपछि स्वाब दिएकी शाहको शनिबार पीसीआर रिपोर्ट पोजिटिभ आएको हो।

प्रधानमन्त्रीकी निजी चिकित्सक शाह त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)की डिनसमेत हुन्। डा. शाह पीसीआर रिपोर्ट पोजिटिभ आएपछि होम आइसोलेसनमा बसेकी छन्।

डा. शाहले पछिल्ला दिनमा प्रधानमन्त्रीसँग भेट नभएको बताएकी छन्। उनले जुम्लाबाट फर्किएपछि अनशनरत प्रा.डा. गोविन्द केसीलाई भने भेटेकी थिइन्।

डा. केसीलाई भेट्दा सामाजिक दूरी कायम गरेको र स्वास्थ्य मापदण्ड पालना गरेकाले डराउनुपर्ने अवस्था नभएको उनको भनाइ छ। डा. केसीसँग डा. सिंह करिब आधाघण्टा बसेकी थिइन्।