१० असोज

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

उनलाई बिहीबार दिउँसो ज्वरो आएको थियो । सिटामोल खाँदा पनि ज्वरो कम नभएपछि उनले पाटन अस्पतालमा स्वाब दिएका थिए ।

मेयर महर्जनको शुक्रबार आएको रिपोर्ट पोजेटिभ भएको ललितपुर महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।  मेयर महर्जन बखुन्डोलस्थित घरमै आइसोलेसनमा बसेको पनि उनले जानकारी दिए ।  पछिल्लो समय महर्जन राहत वितरणलगायत काममा हिँडेका थिए ।