६ असोज

पर्वत । पर्वतको कुस्मा नगरपालिका वडा नं १ पाङमा भीरबाट खसेर एक जनाको मृत्यु भएको छ ।
भीरमा घाँस काट्ने क्रममा मंगलबार बिहान खसेर घाइते भएका २८ बर्षिय गणेश अर्यालको ज्यान गएको हो ।

घाइते अर्याललाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पुर्‍याउँदा मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक बुद्धिप्रसाद सुबेदीले जानकारी दिनुभयो ।