६ असोज
पर्वत । पर्वत जिल्लामा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नेपाली सेनामा कार्यरत ३ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पर्वतका सुचना अधिकृत प्रविन भण्डारीले जानकारी दिए ।
यस अघि एक जना नेपाली सेनाका जवानमा संक्रमण पुष्टि भएको थियो । उनकै सम्पर्कमा रहेका ब्यक्तिहरुमा गरिएको परिक्षणमा थप ३ जनामा संक्रमण पुष्टि भएको भण्डारीले जानकारी दिए ।
पर्वतमा कुल संक्रमीतको संख्या १ सय १७ जना पुगेको छ । ७ जना अहिले अस्थायी कोरोना अस्पताल गुप्तेश्रर क्याम्पसमा उपचाररत रहेका छन् । ११० जना भने डिस्चार्ज भईसकेका छन् ।









