५ असोज
पर्वत । कुश्मा नगरपालिकाका सवै सेवाहरु आइतवारदेखि नियमित सुचारु भएका छन् ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण समुदायस्तरमा फैलन सक्ने खतरालाई दृष्टिगत गरि गएको भदौ १५ गतेदेखि रोकिएका सवै सेवाहरु आइतवारदेखि सुचारु भएको नगरप्रमुख रामचन्द्र जोशीले बताउनुभयो । उहाँका अनुसार नगरकार्यपालिकाको कार्यालयका साथै सवै विषयगत शाखा र वडामा पनि सेवा नियमित रुपमा सुचारु गरिएको हो ।
कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिृकत हरि पंगिनीले कोरोना भाईरवाट हुन सकने जोखिममा उच्च सतर्कता अपनाई कार्यालयमा सेवा लिन आउने सेवाग्राही र कर्मचारीहरुलाई स्वास्थ्य सम्वन्धी सुरक्षाका मापदण्ड पालन गर्न आग्रह गर्नुभएको छ ।
सेवाग्राही र सेवाप्रदायक दुवै पक्षलाई मास्कको अनिवार्य प्रयोग गर्न, सामाजिक दुरी कायम गर्न र सावुन पानीले हात धुने वा सेनिटाईजरको प्रयोगमा ध्यान दिन समेत आग्रह गर्नुभएको छ ।
अत्यावश्यक सेवाहरु नरोकिएको भएपनि योजना सम्झौता, भुक्तानी, फरफारक, राजश्व संकलन लगायतका सेवाहरु रोकिएको थियो ।









