३१ भदौ
काठमाडौं। सरकारले विदेशी पर्यटकका लागि १ कात्तिकबाट आवागमन खुल्ला गर्ने निर्णय गरेको छ । पर्वतारोही, पदयात्रामा आउने पर्यटकका लागि भीसा अनुमति दिई आवागमन खुल्ला गर्ने निर्णय गरेको हो ।
यसैगरी, सरकारले भारतसँगको सीमानाकामा १० स्थानबाट मात्र आवागमन गर्न दिने अवधि ३० असोजसम्म रहने जनाएको छ ।
मन्त्रिपरिषद्को बैठकले ३० गतेसम्म भारतसँगको १० वटा सीमानाकाबाट मात्र आवागमन गर्न दिइने निर्णय गरेको हो ।
सरकारले अझै पनि शैक्षिक संस्था, खेलस्थल, मनोरञ्जनस्थल, गोष्ठी सभा अर्को सूचना नआएसम्म बन्द गर्ने निर्णय गरेको छ ।









